यी हुन् पोखराकी सुन्दरी…

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७२, शनिबार

तस्वीर हेर्दैमा यिनी पोखराकी सुन्दरी हुन् की कताकी हुन् भन्ने पत्ता लाग्छ । यिनी भन्ने गर्छिन् म पोखराकी सुन्दरी हुँ, फेवातालजस्तै भएको छ मेरो जवानी । यिनको जवानी फेवातालको पानीजस्तै पानी पानी भएपछि हजार जवानले आँखा लाउनु पनि स्वभाविक नै हो । त्यही पनि यिनलाई रातो सारी लाउने धोको छ रे… । यति छोटो लाउने बानी भएकालाई सारी लाउनु परे कति हातको किन्ने होला कुन्नी ?

sarita prajapati
गायिका सरिता प्रजापतिको नयाँ गीत रातो सारीमा केही समय अघि मात्रै सार्वजनिक भएको हो । लोकपप फ्लेबरको यो गीतलाई गायिका सरिता प्रजापतिले स्वर दिएकी छिन् भने गोविन्द प्रसाद उपाध्यायले लेखेका छन् । अनिश श्रेष्ठको संगीत रहेको यस गीतलाई सञ्जीव बराइलीले संगीत संयोजन गरेका छन् । छोटो समयमा यूट्युब लगायत रेडियो एफएमहरुमा राम्रो स्थान ओगट्न सफल भएको रातो सारीमा बोलको गीतलाई गायिका सरिताले धेरै आशा लाग्दो गीतको रुपमा लिएकी छिन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु