युटा साल्टलेक सिटीमा दशैं तिहार सांगीतिक साँझ हुने

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७३, बिहीबार

अमेरीकाको युटा साल्टलेक सिटीमा आगामी अक्टोबर २ तारिखका दिन बिशेष सास्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालका चर्चीत गायक गायिकाहरुको उपस्थीती रहने छ । कार्यक्रममा सहभागी हुने गायक गायिका कन्हैया सिंह, अन्जना गुरूड र निर्देशक दिनेश कार्की साल्टलेक पुगीसकेका छन भने हास्य कलाकार देवीराम पराजुली ९भोक लाग्यो०, नारायण त्रिपाठी, बसील अर्याल र गायक नरेन्द्र प्यासी शनिवारसम्म पुग्ने छन । त्यस्तै निर्देशक सुमन दाहाल ,राजु बजाज मिसेस नेपाल हेरिटेज रजनी थापा, गोपाल मगर र लोक गायिका सुस्मीता मल्लको कार्यक्रममा सहभागिता रहने छ ।

anjana-gurung
युनाइटेड नेप्लीज आर्टिस्ट एसोसिएशन अफ नर्थ अमेरिका र भुटनिज कम्युनिटी इन युटा द्वरा संयुक्त रूपमा नेपाली कला संस्कृतीलाई जगेर्ना गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको चलचित्र निर्देशक तथा यस कार्यक्रमका उदघोषक सुमन दाहालले बताए । कार्यक्रमलाई भब्य बनाउन सबै तयारी पुरा गरेको कलाकार बिएस लामीछानेले बताएका छन ।

america

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु