यो के हो माया जस्तै

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७१, आईतवार

काठमाडौं । विभिन्न कारणले प्रतिक्षित बनिरहेको फिल्म हाउ फन्नी को लभ सङ ”यो के हो माया जस्तै” सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द शान बस्न्यात, संगीत सुरेश अधिकारी तथा स्वर दीपक लिम्बु र मिलन अमात्यको रहेको छ । कालिन्चोकको हिउँमा खिचिएको यस गीतमा केकी अधिकारी र अनुप बिक्रम शाहीले पहिलो पटक जोडी बाँधेक हुन् ।
यस गीतमा कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ । गीत छायांकनलाई सम्झिदै रेनेशाले भनिन् हामीले केकी र अनुपलाई गीतमा जोडी बनाइ रहेका थियौ, हिउँमा गएर निकै मेहनत गरेका थियौ गीत हेर्दा त्यो सबै आज बिर्सियौं ।
फिल्ममा केकी र अनुपसंगै प्रियंका कार्की, दयाहाङ राई, शिशिर राणा लगायतको अभिनय रहेको छ । गीतलाई किन हिउ मै छायांकन गर्न लगाउनु भयो भन्ने प्रश्नमा निर्देशक निलु डोमा शेर्पा भन्छिन सानै देखि रोमान्टिक गीतहरु हिउँमा खिचेको देखेको थिए र रहर थियो आफुले फिल्म गर्दा पनि त्यसरी नै गीत बनाउने सपना थियो ।

keku 13
यसै फिल्मबाटै फिल्मनगरीमा कार्यकारी निर्मात्रीको रुपमा प्रवेश गरेकी पुर्व मिस नेपाल माल्भिका सुब्बा पनि गीतको प्रतिक्रिया देखेर खुसी छिन् । यो मलाइ पनि निकै मन पर्ने गीत हो र रिलिज पश्चात आएको प्रतिक्रियाले खुसी नै छु माल्भिकाले छोटो समयमा नै पाएको प्रतिक्रियाले उत्साहित हुदै भनिन ।
फिल्ममा आङ नुरु शेर्पा (फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माता रहेका छन् । कमेडीसंगै सोसल म्यासेज रहेको यस फिल्मलाई शान बस्न्यातले लेखेका हुन् भने यसमा छायांकन हरी हुमागाईको रहेको छ । छिटै नै प्रदर्शनमा आउने यस फिल्मलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडीले वितरण गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु