यो बर्षको उत्कृष्ट शब्द रचनाबाट रमेश विजीले जिते कान्तिपुर म्युजिक अवार्ड

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७५, सोमबार

नेपाली लोकदोहोरी पृष्ठभूमिको कायनात पल्टाउने एक ब्याक्ति बरिस्ठ गितकार “रमेश बि.जि” जसमा कालजयी गितहरु सृजना गर्ने अतभुत क्षमता छ। उनको जिउँदो कलमको भाषाले वियोगान्त तथा समयोगान्त सब्दहरुको छुद्र उत्पादन गर्दछ। बास्तबिक भाबमा तल्लीन भएर लेखिएका उनका सिर्जनाहरु तौलिने तराजु आज सम्म बनेको छैन। लेखाईमा गणीतियपन भएता पनि बुझाईमा सरलीकरण छ्न् उनका हजारौं सिर्जनाहरु। “लाईछौ बेसन” जस्तो सदाबाहार गित बाट उत्रिएको उनको कलम डेढ दसक सम्म आईपुग्दा हजारौं ऐतिहासिक लोकगित वा आधुनिक गितका प्रतिबिम्भहरु खाडा गरे उनले। बयस्क उमेर देखीनै सांगेतिक क्षेत्र संग सिंगारी खेल्दै दौडिरहेको उनको यात्राले अन्ततः पारदर्शी सफलता संगालेरै छाड्यो। पन्ध्रौं बर्ष देखी लोक संगीत क्षेत्रमा आफ्नो उर्जाशिल शक्ति खर्चिएर राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको गरिमामय पदको कुर्सी सम्म आईपुग्दा यात्रा सहज भने पक्कै थिएनन्। चौतर्फी सब्द सृजना संग मितेरी गासेर तिखारिएको कलममा चतुर्‍याइँ उनको स्वभावले आज उनलाई सांगेतिक धरोहरको रुपमा बिस्थापित गरिदिएको छ।

नेपाली लोक गित क्षेत्रका बरिस्ठ गितकार भनेर परिचित रमेश बि.जि का सृजनाहरुमा झुम्नेको संख्या करोडौंको हाराहारीमा छ अझ भनौ उनलाई मार्गदर्शनको रुपमा लिदै अगाडि बढेका नबकलाकारहरुको त ताती नै रहेको छ। नितान्त सिर्जनात्मक क्षमतालाई उचित मार्ग दिदै अगाडि बढी रहने क्रममा उनका सृजनाको तागतलाई उच्च कदर गर्दै प्रत्येक बर्ष विभिन्न अवार्ड द्वारा सम्मानित गरिने गरिन्छ सोही परिपेक्षमा हालै रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड २०७५ मा सर्बोकृष्ट गितकारको उपाधिले पनि सम्मानित भएका छन् । आधुनिक गितमा पनि उत्तिकै परिपक्वता रहेको उनको रमेश बिजिद्वारा सृजिएको “मत हजुर बनको फुल बनमै फुल्ने झर्ने” नामक गितबाट उक्त अवार्ड हासिल गरेका हुन्। यस अवार्ड आयोजना हुन थालेको २ बर्ष भयो । दुई बर्ष नै उनले लगातार गीतकारको अवार्ड पाउन सफल भएका छन् । अवार्ड जित्न सफल भएकोमा रमेश बिजिलाई हाम्रो तर्फबाट सफलताको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु