यो वर्ष ‘प्रेमगीत’को हालीमुहाली, कामना अवार्डमा सर्वाधिक बिधामा उत्कृष्ट

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७३, आईतवार

kamana-award-prem-geetकाठमाडौं, १९ मङ्सिर । ‘प्रेम गीत’ गत वर्षको अत्यन्तै रुचाइएको चलचित्र । त्यसमा पनि ‘प्रेम गीत’को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु…’ को लोकप्रियता त कसरी मापन गर्ने ? गायन, संगीत र रचनाको योग्यता अनि क्षमता र गीतको लोकप्रियता मात्र बढेन । यो गीतले अधिकांश अवार्डहरु समेत आफ्नो पोल्टामा सुरक्षित गर्न सकेको छ ।

यस्तै पछिल्लो समयमा भद्रकालीस्थित आर्मी अफिससर्स क्लबमा सम्पन्न भएको कामना पब्लीकेशनले सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको कामना फिल्म अवार्डमा समेत ‘प्रेम गीत’ सर्वाधिक बिधामा उत्कृष्ट ठहरिएको छ । ‘प्रेम गीत’बाट गायक सुगम पोखरेल, गायिका अन्जु पन्त, गीतकार कृष्णहरि बराल र सहअभिनेता सरोज खनालको हातमा अवार्ड परेको छ । अन्जु पन्तले यसै चलचित्रको ‘म त अलपत्र’ बोलको गीतबाट अवार्ड हात पारेकी हुन् ।arjun-pokharel

अर्जुन पोखरेलले कामना अवार्डमा उत्कृष्ट संगीतकारको अवार्ड चुमेपछि उनको अवार्डको संख्या २८ औं भएको छ । भने प्रेम गीतबाट नै उनले पाएको यो अवार्ड सातौं अवार्ड हो । पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड, डि सिने अवार्ड, इमेज अवार्ड, एनएपडिसी राष्ट्रिय चलचित्र अवार्ड, एलजी फिल्म अवार्ड हुँदै इनास अवार्डसम्म आइपुग्दा प्रेम गीतबाट छैटौं अवार्ड यसै वर्ष मात्र प्राप्त गरेका छन् । त्यस्तै प्रेम गीतबाटै गायिका अन्जु पन्त र गीतकारमा डा.कृष्णहरि बरालले पनि विभिन्न नामका अवार्डहरु कब्जा गरेका छन् । गायक सुगम पोखरेले भने यो गीतबाट पाएको पहिलो अवार्ड हो ।krishnahari-baral

sugam-pokharel

यस्तै ‘प्रेम गीत’ जतिकै अर्को चलचित्र ‘ड्रिम्स’ले पनि ५ वटै विधामा अवार्ड पाएको छ । ‘ड्रिम्स’लेउत्कृष्ट नव निर्देशक, नव नायिका, छायाँकार, नृत्य निर्देशक र व्याग्राउण्ड स्कोरको अवार्ड पाएको छ ।

अवार्ड पाउनेहरुको सूची यसप्रकार छ ।
उत्कृष्ट संगित: अर्जुन पोखरेल, ‘प्रेम गीत’
उत्कृष्ट लिरिक्स: डा. कृष्णहरि बराल, ‘प्रेम गीत’
उत्कृष्ट पाश्र्य गायक : सुगम पोखरेल, ‘प्रेमगित’
उत्कृष्ट सह अभिनेता : सरोज खनाल, ‘प्रेम गीत’
उत्कृष्ट पाश्र्व गायिका : अन्जु पन्त, प्रेम गीत’ ‘म त अलपत्र’
उत्कृष्ट श्रृङ्गार : निमा लामा, ‘ड्रिम्स’
उत्कृष्ट साउण्ड डिजाइन : अनिश श्रेष्ठ, ‘क्लासिक’
उत्कृष्ट सिनेमाटोग्राफर : सन्जय लामा, पुरुषोत्तम प्रधान, ‘ड्रिम्स’
उत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल, ‘क्लासिक’
उत्कृष्ट द्वन्द्व : हिमाल केसी, ‘भैरव’
उत्कृष्ट व्याकग्राउण्ड स्कोर : शैलेश श्रेष्ठ, ‘ड्रिम्स’
उत्कृष्ट कथा : दिपेन्द्र के खनाल, ‘पशुपति प्रसाद’
१३.उत्कृष्ट पटकथा : खगेन्द्र लामिछाने, ‘पशुपति प्रसाद’
उत्कृष्ट संवाद : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा, कबड्डी कबड्डी
उत्कृष्ट नव नायिका अभिनेत्री : साम्राज्ञीराज्य लक्ष्मी शाह ‘ड्रिम्स’
उत्कृष्ट नव नायक : पल शाह, ‘नाईं नभन्नू ल ४’
उत्कृष्ट हाँस्य कलाकार : विल्सन बिक्रम राई, ‘अधकट्टी’
उत्कृष्ट खलपात्र : विपिन कार्की, पशुपतिप्रसाद
उत्कृष्ट बाल कलाकार : कन्चन ठकुरी, ‘बागमती’
उत्कृष्ट नव निर्देशक : भुवन केसि, ‘ड्रिम्स’
उत्कृष्ट सह अभिनेत्री : प्रियंका कार्की, ‘क्लासिक’
उत्कृष्ट अभिनेता : सौगात मल्ल, ‘फन्को’
उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ, ‘क्लासिक’
उत्कृष्ट निर्देशक : दिपेन्द्र के खनाल, ‘पशुपति प्रसाद’
उत्कृष्ट फिल्म : ‘पशुपति प्रसाद’

अवार्ड बिजेता सम्पुर्ण स्रष्टा, सर्जक र सिर्जनाहरुलाई म्यूजिक खबरका तर्फबाट हार्दिक बधाई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु