रङ्गमञ्च हुदै रङ्गीन पर्दामा सुन्दर

म्यूजिक खबर
प्रकाशित: ४ श्रावण २०७२, सोमबार

काठमाडौं । अभिनय गर्नु ठूलो कुरा होईन, त्यसलाई जिवन्तता दिन सक्नु ठूलो कुरा हो । यो भनाई नायक सुन्दर श्रेष्ठको हो । २०४४ सालतिरको कुरा हो जतिबेला नाटकको बढि चर्चा हुने गथ्र्यो । सुन्दर श्रेष्ठ पनि त्यही समयका कलाकार हुन् जो रङ्गमञ्च हुदै रङ्गीन पर्दामा छाउन पुगे । उनले सानो, ठूलो पर्दाको गरी तीन दर्जन भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । तर आफुले चाहेजस्तो अभिनय गर्न नपाएकोमा दुखि छन् ।

sundar (3)
चित्कार, स्वाभिमान, मस्ती, हाम्रो जीवन साथी, मायाज बार, आगो–२ आदि चलचित्रहरुले उनलाई उचाईमा पु¥याउन सफल भएपनि जुन अभिनय गर्ने खुबी आफुभित्र छ, त्यसलाई न्याय गरेर अहिलेसम्म काम गराउनु हुने निर्देशकहरुले गराउन नसक्नु भएकोमा कता, कता आफुलाई नरमाईलो लाग्ने गरेको उनको भनाई छ । नेगेटिभ, पोजेटिभ दुबै भूमिका सहज रुपमा स्वीकार्न आफु तयार रहेको बताउने नायक सुन्दर श्रेष्ठ पछिल्लो दिनमा निर्माणमा समेत सकृय हुन थालेका छन् । उनिद्वारा निर्मित चलचित्र सकस प्रदर्शनको क्रममा रहेको छ भने छायाँकनरत चलचित्र नालायकको सुटिङगमा व्यस्त रहेका छन् । भित्री चहनाले चलचित्र क्षेत्रमा लागेको बताउने नायक श्रेष्ठ भविष्यमा आफुले चलचित्र बनाउदा सबै खाले तह र तप्काका दर्शकहरुको भावाना अनुरुप समाज सुहाउदो हुने उनको भनाईछ ।

sundar4

sundar5

sundar

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु