रञ्जिता र महेन्द्रको जवाफ कसले दिने ?

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७२, शुक्रबार

एक अर्कामा शंका, मन मुटाव बढेपछि अनेकौं प्रश्न उब्जिन्छन् । मान्छेको व्यवहारमा प्रश्न उठेपछि उसको आचरणमा पनि सजग रहनुपर्छ । जसका लागि ज्यान अर्पण गरेको हुन्छ उहीमाथि प्रश्नहरु गर्नुपर्ने देखिएपछि जवाफको खोजीमा दुवैजना हुनुपर्ने कस्तो बाध्यता हो फेरी त्यो पनि बुझिनसक्नु छ । कलाकारिताको क्षेत्रमा चर्चायोग्य नाम हुन् रञ्जिता गुरुङ र महेन्द्र गौतम । अब यी बीचमा पनि यस्तै मनमुटाव बढेपछि अहिले बजारमा उनीहरुबीचको दूरी बढेको छ । एकआपसमा प्रश्न र जवाफको खोजी बढिरहेको छ यिनीहरुमा । माया त गरियो अप्ठ्यारोमा परियो भन्ने भएको छ यी दुवैलाई । अब कसको माया चोखो हो, कसको माया धेरै हो भन्ने वास्तविकतामा रञ्जिता र महेन्द्रमा देखिएको छ ।

गीतकार शिव सुवेदीको शब्द र लयमा बजारमा आएको लोकदोहोरी गीत हो आज तिम्ले जवाफ दिनु पर्छ सानु । शब्दकै लागि जन्मिएका गीतकार हुन् सुवेदी । उनका शब्दले नै चर्चा बटुलेका धेरै गीतहरु छन् । घामले नि पोल्दियो होस् वा किन यस्तो हुन्छ होस् वा भुमरीमा परेँ भने म सबै एकसे एक चर्चाको शिखरमा पुगेका गीत हुन् । उनको लेखनले धेरै अवार्डहरु पनि चुमिसक्यो । झन् भन्दा झन् राम्रा शब्द सिर्जनामा लागेका सुवेदीको लेखाइमा देखिएको साहित्यिक तर मायाप्रेमको गहिराईमा रहेको गीत हो आज तिम्ले जवाफ दिनु पर्छ सानु । कुन छ होला उडेको चरी, पखेंटामा विश्वास नै नगरी उनको शब्दले नै एउटा कथा बोकेको छ । सुवेदीको शब्दमा जुना श्रीष र सूर्य खड्काको सुमधुर आवाज उत्तिकै राम्रो बनेको छ । शब्द, संगीत र स्वरको मिठासपूर्ण गीत बनेको छ आज तिम्ले जवाफ दिनु पर्छ सानु ।

mahendra-ranjita
यस गीतको म्यूजिक भिडियोमा महेन्द्र गौतम र रञ्जिता गुरुङको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई हरिनारायण चौधरीले क्यामरामा कैद गरेका हुन् । प्रविन रेश्मी मगरको सम्पादन रहेको यस म्यूजिक भिडियोलाई साइभिजन प्रालिले दृश्य निर्माण गरेको हो भने पुष्पाञ्जली म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु