रमिलाले भनिन्ः नराम्ररी फसें

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७२, आईतवार

काठमाडौं । गायिका रमिला न्यौपानेलाई बल्ल थाहा भएछ जिन्दगीमा नराम्ररी फसेको कुरा । यो कुरा १६ वर्षे उमेरमै सोचेको भए अहिले डाक्टर, इन्जिनियर बन्थिन् की तर गीतसंगीतमा लागेपछि बैंशको उन्मादसँगै नराम्ररी फसें भन्न भ्याइछन् बरा । गायिका बन्नुको पीडामा लभ गर्न नपाएको गुनासो यतिबेला उनको छ । लभ गर्दागर्दै त्यही ठाउँमा आफ्नै बाउले डेरा जमाएपछि उनको लभसभको चक्कर नै टुंगिएको रैछ क्यारे । यतिबेला उनी आफैंमा पछुतो गर्दै भनेकी छिन् ए झिल्के अब नभेटुँ बाउले हाम्रो पिछा गरेका छन् । हुर्केको छोरीको पछाडि लाग्ने बाबु पनि कस्ता हुन् कुन्नी ?

ramila neupane

गायिका रमिला न्यौपाने लोकदोहोरी क्षेत्रमा क्रियाशील गायिका हुन् । देशदेखि विदेशसम्मका महोत्सवहरुमा उपस्थिति जनाउँदै आफ्ना सिर्जना पस्किँदै आएकी गायिका रमिला न्यौपानेले दर्जनभन्दा बढी गीत गाइसकेकी छिन् । भर्खरै बजारमा आएको उनको लोकदोहोरी गीत ‘फसें फसें नराम्ररी फसें’ मा मायाप्रेमको चक्करमा लाग्नेहरुका लागि सन्देश पनि दिने भएको छ । खुमन अधिकारी र रमिलाको स्वर रहेको यो गीतले यतिबेला यूट्युब लगायत सामाजिक सञ्जालमा राम्रो स्थान ओगट्न सफल भएको छ । रमिलाकै शब्द संगीतमा रहेको यस गीतलाई तिर्सना म्यूजिकले बजार प्रबद्र्धन गरेको हो । यस गीतको म्यूजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने सुरवीर पण्डित, सुषमा कार्की, हर्के हल्दार, चन्द्र अधिकारीको अभिनय रहेको छ ।

sushma karki

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु