रहेनन् ज्ञानेन्द्र पनेरु

म्यूजिक खबर
प्रकाशित: १८ असार २०७१, बुधबार

काठमाडौं, १८ असार । लोकदोहोरी क्षेत्रमा दर्जनभन्दा बढी गीतहरुको संकलन गरेका एवं केही गीतमा आफ्नो स्वर समेत दिएका स्रष्टा ज्ञानेन्द्र पनेरुको निधन भएको छ । विहेको कुरा छिनेर, लगनको पोते, फूल्यो पहेँलै जस्ता गीतहरुको सर्जक पनेरु लामोसमयदेखि क्यान्सरले पीडित भएका थिए । गोर्खाको अश्राङमा जन्मिएर गीतसंगीतलाई नै केन्द्रविन्दुमा राखेर हिंडेका ज्ञानेन्द्र पनेरुले धेरै नै तिजका गीतहरुको सिर्जना गरेका छन् भने ग्रामीणस्तरमा पनि उनको प्रत्यक्ष दोहोरीमा राम्रो उपस्थिति हुने गरेको थियो । क्यान्सरको उपचारको क्रमम रहेका पनेरुको आज विहान निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । लोकदोहोरीका सर्जक पनेरुप्रति म्यूजिक खबर डटकम हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

उनका केही गीतहरु

[youtube]https://www.youtube.com/watch?v=Vu4rUP5NpOs[/youtube]

 

[youtube]https://www.youtube.com/watch?v=CqXAaI6AsSw[/youtube]

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु