रहेनन् नेपाली ‘मोहम्मद रफी’ माली

म्यूजिक खबर
प्रकाशित: ८ फाल्गुन २०७१, शुक्रबार

काठमाडौं । कुनै समयका चर्चित गायक हिक्मत मालीको ६२ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित मालीको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डाडमा देखिएको क्यान्सर पछिल्लो समय फोक्सोमा पुगेको थियो । उनी तीन वर्षयता क्यान्सरसँग पैठोजोरी खेल्दै आएका थिए । दिवंगत मालीको आजै (शुक्रबार) नै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । हिक्मत ‘गिंन स्लिभ्स’ ब्यान्डका सदस्य थिए, भोकलिस्ट । कुनै समय यो ब्यान्ड निकै चर्चित थियो ।
‘ग्रिन स्लिभ्स” ले विभिन्न कार्यक्रमहरुमा कन्सर्ट गथ्र्यो । उनी सानैमा भजनमा कोरस गाउँथे । विसं २०३८ मा द्वारिकालाल जोशीको संगीतमा कृष्णहरि बरालको रचनामा उनले ‘बाह्रै महिना वसन्तले आई छोए पनि, निखिँ्र्रदैन आँसु मेरो जति रोए पनि’ बोलको गीत गाएर रेडियो नेपालमा स्वर परीक्षा पास गरे । मोहम्मद रफीको गायनबाट प्रभावित भएर मालीले गायन अँगालेका थिए । त्यसैले उनलाई साथीहरुले ‘हिक्मत रफी’ भन्थे । तर, उनले भने प्रेमध्वज प्रधानलाई ‘रफी’ मान्दथे । सानैदेखि संगीतमा सोख राख्ने मालीका बुवा पनि गायनकै सोखिन थिए । हिक्मत बुबासँग रेडियो नेपालको स्वर परीक्षा दिन गएका थिए । तर, हिन्दी गीत गाउन नपाइने भएपछि फर्किएर आएका थिए । मधु क्षत्री र उदित नारायण झा मालीको समकक्षी समवयी गायक हुन् ।
माली गायनसँगै व्यापार व्यवसायिकमा पनि संलग्न थिए । माली करिब दुई दशक भन्दा बढी नेपाल चेम्बर अफ कमर्समा आवद्ध भएर निजी क्षेत्रको विकासमा योगदान पु¥याएका थिए । माली नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन र अटोमोवाइल्स डिलर्स एसोसिएसनको पूर्वअध्यक्ष पनि थिए । स्वर्गीय मालिका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

 ‘कुन देशकी चरी हौ तिमी,

कुन देशकी परी

मेरो नजरमा स्वप्न बनी,

आयौ कसो गरी’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु