रहेनन् पत्रकार एवं गीतकार सूर्यकुमार क्षेत्री

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७३, शुक्रबार

अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार गराईरहेका पत्रकार एवं गीतकार सूर्यकुमार क्षेत्रीको बिहीबार राती निधन भएको छ । पारिवारजनका अनुसार क्षेत्रीको निधन राती सवा ९ बजे भएको हो । ब्रेन ट्युमरको सफल शल्यक्रिया गराएका उनलाई गाह्रो भएपछि बिहीबार अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

16042920Surya-Kumar-Chettri

उनको निधनमा नेपाल प्रेसे युनियनले शोक वक्तव्य जारी गर्दै दुस्ख व्यक्त गरेको छ । प्रेस युनियनका सचिव रहेका उनी गीतकार समेत हुन् । उनले लेखेका धोका दिनेलाई के भनुँ, डाली पलायो, औठी चिनो छ लगायत लोक भाकाका गीत चर्तित छन् । उनको आधुनिक गीत पनि चर्चित छन् । पारिवारिक स्रोतले जानकारी दिएको छ । ३३ वर्षीया पत्रकार क्षेत्रीको शव टिचिङ अस्पतालमा राखिएको र अन्तिम श्रद्धाञ्जलजीका लागि विहान १० बजे प्रज्ञा प्रतिष्ठानमा राखिने र यसपछि अन्तिम संस्कारका लागि क्षेत्रीको शव जन्मथलो स्याङजा नै लगिने नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकवटीले बताएका छन् । उनले भने, ‘आमाको इच्छा अनुसार क्षेत्रीको शव जन्मभूमी स्याङजामै अन्तिम संस्कार गरिनेछ । उहाँहरु काठमाडौं आइसक्नु भएको छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु