राजन ठकुरीलाई जिताउनुपर्ने किन ?

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७३, आईतवार

राजन ठकुरी लोकगीतको क्षेत्रमा एउटा चर्चित नाम नै हो । सालिन, भद्र एवं बौद्धिकता पस्किएर नेपाली कला संस्कृतिलाई सदैव उचाइमा लैजानुपर्छ भन्ने सोचका व्यक्तित्व हुन् ठकुरी । उनले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौं महाधिवेशनमा सदस्य पदमा उम्मेदवारी दिएका छन् । सिमसिम पानी रैछौ बेइमानी देखि आजसम्म आइपुग्दा दर्जनौं एल्बम बजारमा ल्याइसकेका छन् ठकुरीले । नेपाली लोकसंस्कृति बचाउनुपर्छ भन्नेमा प्रतिबद्ध ठकुरीले चुनावी मैदानमा उत्रिँदै गर्दा आफूलाई किन भोट दिने भन्ने कुरामा यसरी भन्छन् ः– लोक कलाकर्मीमा सम्मान, सद्भाव, सहअस्तित्व, सदाचार र सहकार्य) को भावना विकास गर्न, लोकदोहोरी क्षेत्रलाई संगठित, मर्यादित र संस्कारयुक्त बनाउन मेरो उम्मेदवारी हो । त्यस्तै उनले पाँच ‘वि’ (विकृति, विसंगति, विवादित, विचलन र विरोध)को अन्त्य गर्न र प्रतिष्ठानलाई सवल, सुदृढ, गतिशील र प्रभावकारी बनाउँदै लोकसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै प्रचार, प्रसार र व्यवसायीकरण गर्नका लागि पनि सदस्य पदमा उम्मेदवारी दिएको बताउँछन् ।

rajan-thakuri-copy
त्यसैगरी चुनाव जितेपछि आफूले के गर्नुपर्छ भन्ने कुरा प्रष्टसँग बोल्दै उनले भनेका छन् – प्रतिष्ठानको कार्यालयलाई भौतिक पूर्वाधारले व्यवस्थित र सुसज्जित बनाउन, कलाकारहरुको हक र अधिकार प्राप्तिका लागि सधैं कटिबद्ध र क्रियाशील रहने उनले बताएका छन् । पदीय मर्यादामा रही जिम्मेवारी इमान्दारिताका साथ बहन गर्दै सबैसँग मेलमिलाप र हातेमालो गर्दै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु