राजु र पूर्णकलालाई बल्ल मिल्यो दाउ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७३, बुधबार

गायक राजु बिरही र गायिका पूर्णकला वि. सी.लाई घरमा कोही नभएको बेलामा भेट्ने दाउ मिल्ने भएको छ । उनीहरुले यस्तो दाउ मिलेको बेलमा कत्तिको फाइदा उठाउलान् त ? यसको लागि शिवदर्शन डिजिटल फिल्मस् प्रालीले युटुव च्यानलमार्फत बजारमा ल्याएको गीत ‘बल्लै मिल्यो दाउ’ हेर्नैपर्ने हुन्छ । मकवानपुरको भैंसे–४, चुनियामा जन्मिएका गायक राजु बिरहीले उक्त गीत बजारमा ल्याएका हुन् ।

13152678_276116602724801_81053030_n
गायिका पूर्णकला वि.सी.ले गायनमा साथ दिएको गायक राजु बिरहीकोे गीत ‘बल्लै मिल्यो दाउ’मा रचना भने स्वयम् राजुकै रहेको छ । उक्त गीतको म्यूजिक भिडियोमा निरुता शाहि ठकुरी, निरज वि.के. र उमेश शंकरको अभिनय रहेको छ । गीतको म्यूजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।
२०६४ सालदेखि सांगीतिक यात्रा सुरु गरेका गायक राजु बिरहीले पछिल्लो समयमा कहिले सर्जक कहिले गायक त कहिले मोडेल भएर लोकदोहोरीमा आफ्नो योगदान पु¥याइरहेका छन् । पछिल्लो समयमा राजुले शब्द संगीत गरेको निकै लोकप्रियता कमाएको गीत ‘दिलको बसाइमा’ उनको चर्चित गीत हो ।

भिडियो

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु