राजेशपायलले गर्दा संगीतकार बनेँ

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७०, बिहीबार

काठमाडौं, १८ पुस । भनिन्छ, ‘परिश्रमको फल मिठो हुन्छ ।’ यो भनाइ अहिले युवा संगीतकार तथा गायक बिनोद खम्बुमा पनि लागू भएको छ । नेपाली सांगीतिक क्षेत्रमा संर्घषकै दौरानमा एक दशक विताइसकेका खम्बु भन्छन्, मलाई राजेशपायल राईले नै संगीतकार बनाएका हुन् ।
गायक बन्ने धुनमै उनले ०५४ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिए र उतीर्ण पनि भए । त्यसैले आफूलाई रेडियो नेपालले गायक बनाएको खम्बु बताउँछन् । उनले भने, ‘गायक रेडियो नेपालले बनाएको भए पनि संगीतकार भने राजेशपायल राई बनाएको हो ।’ राजेशपायलले उनलाई पहिलोपटक ‘दर्शन नमस्ते’ मा ‘शेली आइ लभ यु’ बोलको गीतलाई संगीत गर्ने मौका दिएका थिए । सो गीत निकै श्रोता रुचाएपछि खम्बु संगीतकारका रुपमा उदाएका हुन् । पछिल्लो समय देशविदेशमा हुन स्टेज कार्यक्रमहरुमा व्यस्त हुँदै आएका खम्बुका के यो माया हो, मेरो जीवनको हर्ष फल्दा, जाऊ तिमी उनीसँग, झन्झन् खायो झन् मिठोलगायत गीत लोकप्रिय छन् । यिनै गीतले उनलाई स्टेजमा पु¥याइरहेको छ र श्रोताको मन जित्न सफल हुँदै आएका छन् ।
यतिखेर संगीतकार तथा गायकका रुपमा आफूलाई चिनाउन पाउँदा एक्दमै खुसी लागेको छ ।’ खम्बुले केही साताअघि मात्र एकै साथ तीन एल्बम सार्वजनिक गरेका थिए । त्यसैले पनि उनी चर्चामा आएका हुन् ।

binod
तीन एल्बममध्ये ‘बैशाख–२२’ मा खम्बुकै स्वर तथा संगीत छ भने दुई एल्बममा सोलो संगीत छ । गीतकार प्रकाश दुमीको ‘प्रकाश’ र अनिल थलङको ‘ड्रिम’ मा खम्बुले सोलो संगीत गरेका छन् । उनको आफ्नै एल्बम ‘बैशाख–२२’ सँगै ‘प्रकाश’ र ‘ड्रिम’ का गीतहरु अहिले विभिन्न रेडियो एफएममा चर्चा बटुल्ने क्रममा छन् । त्यसैले पनि खम्बुले अहिले परिश्रमको स्वाद चाख्न पाएको अनुभूति गरेका हुन् । ‘तीन एल्बम सँगै ल्याएपछि श्रोतामाmभ संगीतकारको रुपमा चिनिने मौका पाएको छु’ उनले भने, ‘मेरो आफ्नै एल्बमबाट गायकका रुपमा ।’
०६० सालमा ‘आरम्भ’ गीति एल्बम निकाले गायन अँगालेका खम्बुको ‘बैशाख–२२’ आफ्नै नामको तेस्रो एल्बम हो । उनले ०६१ मा ‘साथ’ नामक आधुनिक एल्बम ल्याएका थिए । तर ‘आरम्भ’ र ‘साथ’ ले उनलाई खाशै सांगीतिक क्षेत्रमा स्थापित गर्न सकेन । किन त ? ‘त्यो समयमा मिडियामा कसरी जाने भन्ने बुद्धी नै पुगेन’ खम्बुले भने, ‘केही गीत लोकप्रिय भएर पनि बनोद खम्बु भनेर चिनिन सकिन ।’
त्यसो त खम्बु चलचित्र संगीतमा पनि जम्दै आएका छन् । ‘वसमा छैन यो मन’, ‘म बिर्सु कसरी’, ‘जादुगर’, ‘बजार’लगायतका चलचित्रमा संगीत गरिसकेका खम्बु भन्छन्, ‘आधुनिक र चलचित्रमा उत्तिकै संगीत गर्दै आएको छु ।’ करिअरको प्रारम्भिक दिनमा गायक बन्न आएका खम्बु अहिले स्थापित संगीतकारका रुपमा चिनिन्छन् । तर उनी संगीत र गायनलाई एकैसाथ डो¥याउँदै अगाडि बढ्ने बताउँछन् । ‘म आफ्नो लागि गायक हुँ’ खम्बुले भने, ‘अरुका लागि भने संगीतकार हुँ । गीत गाएर मात्र पैसा कमाउन सकिँदैन । त्यसैले पैसा लागि अरुको एल्बम र चलचित्रमा संगीत गर्छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु