राना र श्रेष्ठलाई मोतीराम–सेतुराम सम्मान

म्यूजिक खबर
प्रकाशित: २१ भाद्र २०७३, मंगलवार

काठमाडौं । गजलकार बुँद रानालाई यस वर्षको मोतीराम गजल साधना सम्मान प्रदान गरिने भएको छ भने पछिल्लो समयका चर्चाका संगीतकार सन्तोष श्रेष्ठलाई सेतुराम संगीत साधना सम्मान प्रदान गरिने भएको छ ।

santosh - bud
अन्तराष्ट्रिय नेपाली गजल मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘मोतीराम गजल साधना सम्मान– २०७३’ बाट अग्रज गजलकार बूँद रानालाई प्रदान गरिने भएको हो भने ‘सेतुराम संगीत साधना सम्मान–२०७३’ बाट युवा संगीतकार तथा गजल अन्वेषक सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

राना र श्रेष्ठलाई ५–५ राशिसहित सम्मानपत्रद्धारा सम्मानित गरिनेछ । उक्त सम्मान आगामी भदौ २४ गते शिल्पी थिएटर बत्तीसपुतलीमा विशेष समारोहबीच प्रदान गरिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु