रामकृष्णको आवरण कस्तो होला ?

म्यूजिक खबर
प्रकाशित: १५ श्रावण २०७३, शनिबार

काठमाडौं । गायक रामकृष्ण ढकाल युवा पुस्ताका बढी रुचाइएका गायक हुन् । उनको जीवनको चर्चा होस् या गायकी सबैलाई नै थाहा छ । नारायणगोपालको बाटो पछ्याएका गायकका रुपमा पनि उनलाई धेरैले लिने गर्छन् । नारायण गोपालकै गीत गाएर यो क्षेत्रमा आएका रामकृष्ण ढकालको ‘आवरण’ सबैले चिन्न पाएका छैनन् होला । कस्तो होला ढकालको आवरण भनेर बुझ्न पाउने अवसर भने भर्खर आएको छ ।

Aawaran_ramjrishna dhakala
गायक ढकालले आफ्नो १५औँ सांगीतिक एल्वम ‘आवरण’ भित्रको एक गीतको म्यूजिक भिडियोलाई विहीबार राजधानीमा सार्वजनिक गरेका छन् । आवरण सार्वजनिकसँगै एल्बमभित्र रहेको ‘तिमी आईनौँ’ गीतको भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा गायक ढकालकी जीवनसंगीनी निलम ढकालले अभिनय गरेकी छन् । निलमको यो तेस्रो म्युजिक भिडियो रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

 

AAWABAN-RAMKRISHNA
उनले पहिलो र दोस्रो आफ्ना श्रीमान रामकृष्णसँग खेलेकी छन् भने अहिलेको तेस्रोमा मन्चिन शाक्यसँग अभिनय गरेकी छन् । कार्यक्रममा आगामी असोज एक गते सार्वजनिक हुने एल्वम भित्रका केहि गीतका भिडियो क्लिप्स राखेर तयार पारिएको प्रोमोसमेत देखाईएको थियो ।

प्राय ‘अ’ अक्षरबाट आफ्ना एल्वमका नाम राख्दै आएर पछिल्ला केहि वर्ष यता त्यो क्रम छाडेका ढकालले पुनः ‘अ’ अक्षरबाटै एल्वमको नाम जुराएका छन् । गायक ढकालको उक्त एल्वममा एघार गीत संग्रहित रहेको बताए । आउँदो असोज एक गते सार्वजनिक हुने एल्वमका गीत लिएर गायक ढकाल नेपालका प्रमुख ५ सहरमा एकल कन्सर्ट गर्नेे बताए ।

aawarad-all-unite
बिहीबार सार्वजनिक गरिएको ‘तिमी आईनौँ’ वोलको गीतमा गायक ढकाल र गयिका सञ्जिबनीको स्वर रहेको छ । आनन्द अधिकारीको शब्दमा तयार परिएको उक्त गीतमा शिखर सन्तोषको संगीत रहेको छ ।
बिन्दवासिनी म्युजिक प्रालिको निर्माणमा रहेको उक्त म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जसलाई अर्जुन तिवारीको छायाँकन रहेको छ भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु