राम लक्ष्मणको पास अनको भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७१, मंगलवार

विराटनगर १६ असार । देवकोटा चौक निवासी स्थानीय युवा राम कुमार परियार (दास) र लक्ष्मण कुमार परियार (दास)  सांगीतिक क्षेत्रमा विगत देखी नै आफ्नो पहिचान वनाउन लागि परिरहेका छन । पप सङ्गितमा  रुचि भएका यि दाजुभाईले २०५५ साल देखी साङ्गितिक समुह “निसान वैण्डको” स्थापनासँगै आफनो सांगतिक यात्रा शुरु गरेका थिए क्रमश रुपमा २०५९ साल सम्म वैण्डमा आवद्ध भएर बिराटनगर कै विभिन्न स्थान, कलेज र अन्य रोड कन्सर्टहरुमा आफनो प्रस्तुती देखाएका थिए । बैण्डमा भएको विभिन्न बेमेलको कारण बैण्डसँग छुटिएर यि दुई दाजुभाईले आफ्नै मातहतमा विराटनगरकै विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्नुका साथै वाहिर जिल्लाहरुमा पनि आफ्नोे प्रस्तुती दिदै आईरहेका छन ।
सांगीतिक यात्रालाई निरन्तरता दिने क्रममा हाल यि दुई दाजुभाईले आफ्नो पहिलो एल्वम पास अनको माध्यमवाट सांगीतिक संसारमा आफुहरुलाई चिनाउने प्रयास गरिसकेका छन्।  आफनै शब्द र स्वरमा रचिएको ६ वटा गितहरु उक्त पास अन एल्वम रहेको छ । जस मध्ये तिमी विनाको जिवन भन्ने गितको म्युजीक भिडियो निर्माण गरि सार्वजनिक गरिसकेको छ । उक्त म्युजीक भिडियोमा गायक द्धय राम कुमार परियार (दास) र लक्ष्मण कुमार परियार (दास), मोडलहरु राम सरण के .सी र रविना परियार रहेका छन् । उक्त गितको छायाँकन दिनेश श्रेष्ठ, इडिटर राजन शाक्य, निर्देशक रोविन दास, पोष्ट प्रोडक्सन ग्रिनहील भिएफएस मेडीया प्रा. लि द्धारा गरिनुका साथै उक्त एल्वमको अडियो भने ए वि क्रिएसनद्वारा गरिएको हो ।

pass on (3)

pass on (2)

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु