रेउलेले आमा सम्झिँदा रोए सोलुबासी

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७३, शनिबार

गाउँमा होस् या शहरमा आफ्नी जन्म दिने आमालाई कसले बिर्सन सक्छ र । धर्तीमा टेकाउने, हुर्काउने र बढाउँदै जीवनको लक्ष्य प्राप्तिका लागि सदैव आशिर्वाद दिने आफ्नी आमालाई समर्पण गर्दै गायक कृष्ण रेउलले गाएको गीतसँगै सोलुबासी पनि रुन पुगे । सोलुखुम्बुको सल्लेरीमा भएको महोत्सवमा सांगीतिक प्रस्तुति दिन पुगेका गायक रेउलले दर्शकसामु उभिएर जब आमाको गीतबाट सांगीतिक ढोका खोलेका थिए सबै दर्शकको आँखामा आँसु पोखिएको पत्तै भएन । रेउलेले जसरी आमालाई समर्पण गर्दै गाएको गीतले रुवाए पनि उनले फेरी दर्शकलाई आफ्ना रोमान्टिक गीतहरु प्रस्तुत गरेर नचाउन सफल भए । उनको प्रस्तुतिलाई सम्मान गर्दै सोलुबासीले सम्मानसमेत गरेका थिए । रेउलले सम्मानपछि कार्यक्रममा भने पूर्वमा पनि पश्चिमको दोहोरी जम्दो रहेछ, खुशी लाग्यो, मलाई यो अवसर दिलाउने राजु गिरीलाई धन्यवाद ।

krishna reule singer
सोलेखुम्बुको सल्लेरीमा भएको कार्यक्रममा डिबी किराँतीले निर्देशन गरेको माछो माछो भ्यागुतो मन्चनसँगै कार्यक्रमलाई अगाडि बढाइएको थियो । जनसाँस्कृतिक मन्चको आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुति दिइएको थियो ।

solukhumbu

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु