रेनुले ढुंगालाई देउता मान्दा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २ मंसिर २०७३, बिहीबार

रेनु मोक्तान ढुंगालाई देउता मानेर पुज्दा आफैं बेहोसी भएकी छिन् । आखिर देउता भनेर पुजिसकेपछि सबै दोष जानुपर्ने तर उनी बहोसी बनेपछि ढुंगा ढुंगा नै भएको बल्ल बुझिछन् । अर्काको नजरमा दोषी हुनु जिन्दगीका लागि सबैभन्दा खराब हो भन्ने उनलाई थाहा भएको छ ।

parichaya_renu-moktan

गायिका रेनु मोक्तानको पछिल्लो एल्बम परिचयको शीर्ष गीत ढुंगालाई देउता मानी पुजेथें… को म्यूजिक भिडियो सार्वजनिक भएको छ । जीवन बमजनको शब्द तथा टीका बमजनको संगीतमा तयार भएको यो गीत शुभकामना मिडियाबाट बजारमा आएको हो । भरत कुमार महतोको निर्देशनमा तयार भएको यस गीतको म्यूजिक भिडियोलाई धर्म मानन्धरले छायाँकन गरेका हुन् । ज्ञारेन गोपालीले सम्पादन गरेको यो म्यूजिक भिडियोमा कविता, विवेक र प्रतिक्षाको अभिनय रहेको छ । भिडियोलाई म्यूजिक खबर डटकमले आफ्नै यूट्यूबमार्फत सार्वजनिक गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु