रेवत राईको ‘चार धाम घुमि आयौ खै के बर माग्यौ’ चर्चामा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७३, बुधबार

टेलिभिजन रियालिटी शो ‘खोजी प्रतिभा–२’ बाट चर्चामा आएका गायक रेवत राई यतिबेला “चारधाम घुमि आयौ खै के बर माग्यौ” भन्दैछन् । उनले व्यक्ति विशेष कसैलाई चारधामको कुरा गरेका भने होइनन् । प्रतिभाशाली गायक राईले हालै पहिलो एकल एल्बम ‘इमर्ज’मा समावेश गरिएको गितको भिडियो सार्वजनिक गरेका छन् ।

धार्मिक प्रवृतिको युवतीलाई मायालु नजरले हेर्ने युवाको भावनामा आधारित गीतमा चलचित्र नायीका निता ढुङ्गानालाई मोडलद्धय अनुप राई र माधवले साथ दिएका छन् । युट्युव च्यानल आर स्क्वायर मार्फत सार्वजनिक गरिएको भिडियोले छोटो समयमा दर्शक, श्रोताको मन जितिरहेको छ ।

rewat_nita_dhungana

गीतमा रेवत राईको स्वर, बिरेन्द्र राईको रचना, राजन ईशानको एरेन्जमा तयार पारिएको गितलाई चर्चित संगितकार शुरेश अधिकारीले संगित दिएका छन् ।

नहकुल खड्काको सम्पादन र मनकृष्ण महर्जनको छायाङ्कनमा तयार पारिएको भिडियोलाई मिडियाकर्मी, कलाकार तथा चलचित्र निर्देशक दिनेश डिसीले निर्देशन गरेका छन् ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु