रोयल्टीको वार्षिकोत्सवमा रक्तदान

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७१, सोमबार

काठमाडौं, २५ जेठ । संगीत रोयल्टी संकलन समाजले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा रक्तदान गरेको छ । रगतको अभाव नखड्कियोस् भनेर समाजले आफ्ना सदस्यहरु एवं संगीतकर्मीहरुलाई वार्षिकोत्सवको अवसर पारेर समाजसेवामा लगाएको हो । रक्तदान जीवनदान भन्ने नारालाई नै प्रमुखतामा राखेर रोयल्टी संकलन समाजले भृकुटीमण्डपमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । आफ्नो वार्षिकोत्सवलाई समाजसेवामा समर्पित गर्दै नयाँ आयामबाट परिमार्जित गर्दै लैजाने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष सुरेश अधिकारीले बताएका छ । उनले असार १४ मा हुन गइरहेको आफ्नो साधारणसभालाई केन्द्रित गर्दै वार्षिकोत्सवले नयाँ उर्जा थपेको बताएका छन् ।

IMG_7467 IMG_7334 IMG_7520 IMG_7645 IMG_7689 IMG_7663 IMG_7545

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु