रोयल्टी संकलन समाजमा पुनः अधिकारी

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७१, आईतवार

काठमाडौं, १५ असार । संगीत रोयल्टी संकलन समाजमा पुनः सुरेश अधिकारीको नेतृत्व आएको छ । समाजको सातौं साधरणसभाले सुरेश अधिकारीलाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो । २ सय ९५ मत खसेकोमा गीतकार संघ नेपालका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका गीतकार बी.पाण्डेले १०१ मत प्राप्त गरेका थिए भने सुरेश अधिकारीले १९० मत ल्याएर विजयी बनेका थिए ।
त्यस्तै संगीतकार सदस्यतर्फको मतदानमा ७ जनाको उम्मेदवारी परेकोमा श्रीकृष्ण बममल्लले २२६ मत ल्याएका थिए भने संगीतकार सन्तोष श्रेष्ठको २०२ मत ल्याएर विजयी बनेका थिए । सदस्यहरुमा सबैभन्दा बढी मत ल्याउनेमा श्रीकृष्ण र श्रेष्ठ देखिएका थिए । त्यस्तै संगीतकार सदस्यमा नै लोचन भट्टराईले १९७, रमेशराज भट्टराईले १९४, पारस मुकारुङले १५१ मत ल्याएर विजयी भएका थिए ।
त्यसैगरी गीतकार सदस्यमा भारी मत ल्याएर विजयी हुनेमा लोकराज अधिकारी र रमेश बिजी अगाडि देखिएका छन् । लोकराजले १८३ मत ल्याएका थिए भने रमेश बिजीले १८२ मत ल्याएर गीतकार सदस्यमा विजयी बनेका थिए । त्यस्तै दयाराम पाण्डे १७२, शिव सुवेदी १४०, ललित कुँवर १३६ मत ल्याएर विजयी बनेका थिए । संगीत रोयल्टी संकलन समाजमा निर्वाचित भएका अध्यक्ष सुरेश अधिकारसहितको सम्पूर्ण सदस्यहरुलाई म्यूजिक खबर डटक हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

royalti (30) royalti (29) royalti (28) royalti (27) royalti (26) royalti (25) royalti (24) royalti (23) royalti (22) royalti (21) royalti (20) royalti (19) royalti (18) royalti (17) royalti (16) royalti (15) royalti (14) royalti (13) royalti (12) royalti (11) royalti (10) royalti (9) royalti (8) royalti (7) royalti (6) royalti (5) royalti (4) royalti (3) royalti (2) royalti (1)

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु