लक्षणा केसीको लक्षणा

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७१, मंगलवार

काठमाडौं, १७ असार । सूर्र्याेदय एजुकेसन फाउन्डेसन अन्तर्गत न्यूयोर्क युर्निभसिटीमा स्नातक तह इन्जिनियरिङ संकायकी दोस्रो वर्षमा अध्ययनरत छात्रा एवम् नेपाली सङ्गीत आकाशकी नव प्रतिभा लक्षणा के.सीको आधुनिक गीति सङ्ग्रह ‘लक्षणा’ को विमोचन नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख अतिथ्यमा सम्पन्न भयो । प्रसिद्ध सङ्गीतकर्मीहरुको समेत उपस्थिति रहेको उक्त समारोहमा गीतकार डा. कृष्णहरी बराल, दुर्गालाल श्रेष्ठ, सन्तोष थपलिया सङ्गीतकारहरु न्ह्यू बज्राचार्य, गैरे सुरेश, अर्जुन पोखरेल वसन्त सापकोटा लगायतका व्यक्तिहरु सहभागी थिए । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. मिनेन्द्र रिजालले मान्छे आफैंमा भगवान हुन्छ भन्ने गीतले सबैमा मानवीयता भर्छ । देवकोटाको यात्री कविता फेरि एकपटक पुनजागृत भएको आभास हुन्छ । साथै उनको सफल एवम् उत्तरोत्तर प्रगतिको कामना गर्छु भनेका थिए । यसै अवसरमा सूर्योदय एजुकेसनका फाउन्डेसनका अध्यक्ष एवम् निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९एब्द्यक्इल्० का अध्यक्ष लक्ष्य बहादुर के.सी ले नेपाली साङ्गीतिक आकाशले नवप्रतिभा पाएकोमा खुसी व्यक्त गर्दै विद्यालयले अध्ययन अध्यापनका अतिरिक्त अन्य क्षेत्रमा पनि उत्तिकै दख्खल राखेको कुरा व्यक्त गरे । छोरीको नाताले मात्र नभई फाउन्डेसनले सकेसम्म उनको साङ्गीतिक श्रीबृद्धिका लागि हरबखत लागि पर्ने कुरामा विशेष जोड दिए । यस गीति एल्बममा पाँच गीतहरु सङ्ग्रहित छन् । सो अवसरमा आफ्नै एल्वमबाट गायिकाले गीत गाउँदा उपस्थित अतिथिहरु उत्साहित हुनुका साथै त्यहाँको माहोल संगीतमय भएको थियो । साथै आफूले अध्ययनका अतिरिक्त गीत संगीतलाई पनि सँगसँगै लैजाने इच्छा रहेको नवगायिका लक्षणाले बताईन् । यसको बिक्रीबापत प्राप्त रोयल्टी सूर्योदय एलुम्नाई एसोसियसन ‘सान’ लाई पनि जानेछ ।

lakshyana

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु