लक्ष्मी आचार्यको ”कोई कोई मान्छे”मा धन केपी ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७५, आईतवार

काठमाडौ १६। आपसी रुपमा दाजु भाई तथा दिदि बहिनीको माया ममतालाई प्रगाठ बनाउने पर्व तिहारको पुर्व सन्ध्यामा गायिका तथा मोडल लक्ष्मी आचार्यको तिहारको कोशेली ”कोई कोई मान्छे” गीतको भिडियो बजारमा आएको छ ।
जय देवकोटाको शब्द तथा लय सिर्जना रहेको छ । भिडियोमा तिहारमा गाइने देउसीले भाकालाई समेत समावेश गरिएको छ ।

आफना प्रेमीलाई भेटेर रमाइलो गदैँ देउसी गीत गाउदा निकै खुशी भएको गायिकाले गीतमा बताएकी छन । बविता श्रेष्ठको निर्देशन , ओम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । राजेश घिमिरे र विरेन्द्र भटटले भिडियोलाई छायाँकन र अविनास डिसीको सम्पादन भिडियोमा रहेको छ । ”कोई कोई मान्छे” गीतको भिडियोमा लक्ष्मी र डिके एवम साथीहरुको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु