लालजोडिका गीतहरु सार्वजनिक,नायिका रेखा थापा अब गायिका पनि

म्यूजिक खबर
प्रकाशित: १९ जेष्ठ २०७३, बुधबार

करिब डेढ दशक नेपाली चलचित्रहरुमा एकछत्र राज गरेकी रेखा थापाले यतिबेला आफू नायिका मात्र नभई कुशल गायिका पनि हो भन्ने प्रमाण पेश गरेकिछिन् । रिलिज अघि नै अत्यन्तै चर्चित बनिरहेको चलचित्र ‘लालजोडी’को गीतहरु सार्वजनिक भएसँगै रेखाले गाएको गीत पनि सुन्न पाइएको हो ।

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘लालजोडी’को ‘माँ कसम’ बोलको गीतमा सर्वाधिक लोकप्रिय र चतुर रेखा थापाले स्वर दिएकी छिन् । रेखा थापालाई गायक प्रल्हाद तिमल्सिनाले साथ दिएका छन् । उक्त गीतमा लक्ष्मण सुवेदीको शब्द र थानेश्वर गौतमको संगीत रहेको छ।

laljodi copy

‘आज त क्या ब्युटी’ बोलको गीतमा दिनेश सुवेदीको शब्द, टंक बुढाथोकीको शब्द छ भने राजेशपायल राई र मनिषा पोखरेलले स्वर दिएका छन्।

त्यस्तै, ‘घिटीघिटी’ गीतमा लक्ष्मण सुवेदीको शब्द, सन्तोष श्रेष्ठको संगीत, युवराज चौलागाईंको स्वर रहेको छ भने ‘कोही छ मसँग भिड्ने’ गीतमा लक्ष्मण सुवेदीकै शब्द, विक्रम राईको संगीत र ज्योति काफ्लेको स्वर सुनिन्छ।

भदौ १७ लाई रिलिज गरिने भनिएको उक्त चलचित्र ‘लालजोडी’को युट्युब जुकबक्समा चार गीत अटाएका छन्। युट्युवमा गीतहरु सुमधुर भएकाले नै फिल्म सांगितिक रुपमा सशक्त रहेको बुझ्न सकिन्छ ।

चलचित्र ‘लालजोडी’ दिलासा क्रिएसनको ब्यानरमा हास्य अभिनेता ज्योति काफ्ले (नक्कली डा. बाबुराम), रजनी केसी, आयुष्मा कार्की, बुद्धि तामाङ (हैट), पुरन थापा, किशोर भण्डारी (डिठ्ठा साब) गोविन्द कोइराला (जयन्ते), मधुसूदन पाठक (सितेबा), सिपी पौडल, ज्याक श्रेष्ठ, रेश्मा तिमिल्सिना, यादव पुडासैनी, राजकुमार शाह, सुशील पंगेनी, सुजन घिमिरे (ल्यांग्री दादा)लगायतले अभिनय गरेका छन् । रामेश्वर कार्कीले खिचेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी र अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । फिल्मको वितरण सुनील मानन्धरले गर्दै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु