लोकदोहोरी घन्कियो पेरिसमा

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७३, मंगलवार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युरोप शाखाको प्रथम अधिवेशनको अवसरमा आइतबार फ्रान्सको राजधानी पेरिसमा लोकदोहोरी घन्किएको थियो । उक्त अधिवेशन कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुले लोकदोहोरी घन्काएका हुन् ।
कार्यक्रममा लोकदोहोरी गायिका देवी घर्ति मगर, लोकदोहोरी गायक याम क्षेत्री र फ्रान्समा जन्मेर नेपाली गीत गाउने आन्नी श्रेष्ठलाई सम्मान गरिएको थियो । देवी घर्तिले ‘जिम्बाल बा को आगनी’, ‘गल्कोटे माया’ लगायतका गितहरु प्रस्तुत गर्दा सबैले नाचेर साथ दिएका थिए भने याम क्षेत्रीले ‘शितल दिने पिपल समी छ’, ‘माली गाइको दहि मिठो’ लगायतका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यतिर भएको सुमी घिमिरे सापकोटा, बिनिता लामिछाने र याम क्षेत्रीको दोहोरीमा दर्शकहरु झुमेका थिए ।

13495585_1035430209867374_2348156598081000163_o

फ्रान्सको लागि नेपाली राजदुत अम्बिका देवी लुइँटेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै विशिस्ट अतिथि एन.आर.एन. अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठले नेपाली लोक दोहोरीको विस्तार युरोपमा हुँदा आफू एकदमै खुसि भएको बताउदै भोलिका दिनमा एन.आर.एन. सँग सहकार्य गरेर अझ अगाडी बढ्न आग्रह गर्नु भयो । यसै गरि कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै एन.आर.एन. युरोप संयोजक कुल आचार्यले नेपालीको पहिचानको रुपमा रहेको लोकदोहोरीको यो व्यापकतामा आफ्नो साथ सहयोग रहने बताउनु भयो ।

13497775_1035429703200758_3373464220577732917_o

महासचिव शिव सुवेदी र कोषाध्यक्ष बिनिता लामिछानेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । सुमी घिमिरे सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित सँगै कार्यक्रम सकिएको थियो । अन्य निर्वाचित कार्यसमितिको रुपमा वरिष्ट उपाध्यक्षमा भगवान भुजेल, प्रथम उपाध्यक्षमा नबिन भट्टराई, दिप्तिय उपाध्यक्षमा पूर्ण अर्याल, महासचिबमा शिव सुबेदी, सचिबमा दिपक बुढाथोकी मगर र सुबास चन्द्र पुन मगर, कोषाध्यक्षमा बिनिता लामिछाने, सह–कोषाध्यक्षमा शम्भु शिलवाल, प्रवक्तामा जे.बि. ओली र सदस्यहरुमा इमान बुढा मगर (पोर्चुगल), रुक्मिणी भट्टराई (फिनल्याण्ड), कुल मगर (बेल्जियम), बिनोद भण्डारी (फिनल्याण्ड), बिनोद मगर (पोर्चुगल), सिता सुबेदी (नर्वे), तेज गाहा मगर (पोर्चुगल), लिल गुरुङ (पोर्चुगल), अंकिता घर्ति मगर (पोर्चुगल), वैगुण्ठ रायमाझी (चेक रिपब्लिक), बोधराज खनाल (नर्वे), प्रेम गुरुङ (पोर्चुगल), विष्णुकुमारी तिमिल्सिना (फ्रान्स), भुवन अछामी (स्पेन) र दुर्गा थापा (पोर्चुगल) रहेका छन् ।

13482889_1035430333200695_6010514679183923813_o

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु