वरिष्ठ कलाकार गणेश मुनालको सोमबार बिहान बिर अस्पतालमा निधन

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७५, सोमबार

वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । सोमबार बिहान बिर अस्पतालमा उनको निधन भएको हो । दमका रोगी उनको पार्थिव शरीरलाई बिर अस्पतलाबाट पशुपति आर्यघाटमा लैजाने तयारी भैरहेको छ ।

 

काठमाण्डौंको चावाहिल निवास मुनालले थुप्रै फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका छन् । तीतो सत्य, टेन टु फाइज जस्ता टेलिफिल्ममा अभिनय गरेका उनी अभिनित पछिल्लो फिल्म गोपी यही माघ १८ गतेदेखि प्रदर्शन हुँदैछ । वरिष्ठ कलाकार मुनाललाई हार्दिक श्रद्धा सुमन !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु