विकासद्वारा निःशुल्क संगीत शिक्षा प्रदान

म्यूजिक खबर
प्रकाशित: १५ असार २०७३, बुधबार

बुधवार धान दिवसको अवसर पारेर, पछिल्लो समय निःशुल्क तीनमहिने संगीत शिक्षा प्रदान गर्दै आएका पाश्र्व गायनमा व्यस्त संगीतकार विकास चौधरीले अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे । काठमाडौँ, पुतलीसडकस्थित आफ्नै शान्ति इन्टरटेन्मेन्ट संगीत पाठशालामार्फत उनले ५८ जना विद्यार्थीलाई तीनमहिने संगीत शिक्षा प्रदान गरेका थिए । उनले आफ्नो कार्यालयमै सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे ।

‘पारिवारिक अवस्था कमजोर भएका कारण संगीत सिक्ने चाहना हुँदाहुँदै पनि सानोमा मैले संगीत सिक्न नपाएको अवस्था थियो,’ चौधरीले भने, ‘यो अवस्था अरुलाई सिर्जना नहोस् भन्ने म चाहन्छु । त्यसैले संगीत सिक्न चाहने विपन्न वर्गलाई टार्गेट गरेर मैले यो निःशुल्क कार्यक्रम ल्याएको थिएँ । मैले भोगेजस्तो पीडा अरूले भोग्न नपरोस् भन्ने म सधैँ सोच्छु ।’ कार्यक्रममा गायक तथा संगीतकार विमल श्रेष्ठ र फिल्म निर्माता नरेन्द्र महर्जनलाई विशेष सम्मान गरिएको थियो । फिल्म निर्देशक ओम प्रतिक, गायिकाद्धय सविना केसी, सहिमा श्रेष्ठ लगायत कार्यक्रममा सहभागी थिए । सोहि अवसरमा सहभागीले दही चिउरा खाएर धान दिवसको शुभकामना आदान–प्रदान गरेका थिए ।

16062928yu

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु