विरहीले भने होला मायालु (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ असार २०७३, बुधबार

करिब एक दर्जन भन्दा बढी एल्बम निकालीसकेका चर्चित लोकगायक विरही कार्कीले पछिल्लो समय नयाँ एल्बम ‘होला मायालु’ बजारमा ल्याएका छन् । पछिल्लो समय एकपछि अर्को चर्चायोग्य गीत दिँदै आएका कार्कीले मायालु हजार, जूनकिरी, गुराँस फुल्ने ठाउँतिर, आमा जस्ता लोकमर्मका गीतहरु बजारमा ल्याएर आफूलाई अग्रपंक्तिमा राखेका छन् । उक्त एल्बममा रहेको शीर्ष गीत ‘होला मायालु’ले अहिले निकै चर्चा कमाउन सफल भएको छ । उक्त गीतमा गायक विरही कार्कीसँगै गायिका जुनू रिजालको स्वर रहेको छ । गीतमा शब्द र संगीत दुबै स्वयम् गायक  विरही कार्कीकै रहेको छ ।

Untitled-1 copy

गीतको म्यूजिक भिडियोमा रञ्जिता गुरुङ र भिम गुरुङको अभिनय रहेको छ । भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । शम्भु चालिसेले छायांकन गरेको उक्त गीतलाई रविन विकले सम्पादन गरेका हुन् । गीतलाई सुनखानी म्यूजिकले प्रस्तुत गरेको हो । उक्त गीतले सबैको मन जित्ने अपेक्षा गरेएको छ ।

भिडियो

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु