विषयवस्तुले छोएका बेला लेख्छु: भुवन शर्मा

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७१, शुक्रबार

काठमाडौं । गीतकार भुवन शर्मा कंडेल गीति तथा साहित्ययात्रामा क्रियाशील छन् । ०५८ सालबाट कविता लेखनमार्फत साहित्य क्षेत्रमा होमिएका भुवन पछिल्लो समय गीतकारका रुपमा परिचित छन् । ०५८ सालबाटै गीत लेख्न थालेका उनको गीत पहिलोपटक ०५९ मा रेर्कड भएको थियो । दुई दर्जनभन्दा बढी गीत लेखिसकेका भुवनको सिर्जनामा चर्चित गायक÷गायिकाले स्वर दिएका छन् । गीतकार तथा कवि भुवनसँग गरिएको संक्षेप कुराकानी ।
कहिलेदेखि सिर्जना यात्रामा लाग्नुभो ?
०५८ सालबाट साहित्य यात्रामा लागेको हुँ । शुरुमा कविता लेखेँ । पछि प्रकाशित हुने क्रममा चाहिँ मेरो एउटा गीत सबैले मन पराउनुभएको थियो, त्यसपछि मेरो गीति लेखनतिरको लगाव बढ्यो । ०५८ सालबाट गीत लेख्न थाले पनि ०५९ बाट गीत रेर्कड गर्न थालेको हुँ ।
गीत लेखेवापत पारिश्रमिक पनि लिनुहुन्छ ?
शुरुमा त मैले आत्मसन्तुष्टिकै लागि लेखेँ । पछिल्लो समय गीत लेख्दै जाँदा आफ्नै एल्वम पनि तयार गरियो । चलचित्र बादशाह र झमेलामा एक–एक गीत दिएको छु । उहाँहरुले केहि दिनुभएको छ ।
तपाईं कति गीत रेकर्ड भएका छन् ?
म जहाँ पायो त्यहीँ गीत दिदिनँ । गायक, गायिका र चलचित्रको कथा हेरेरमात्र गीत दिन्छु । र, पनि अहिलेसम्म दुई दर्जनभन्दा बढी मेरा गीत रेर्कड भएका छन् । समय एल्बमका दुईवटा गीतको म्यूजिक भिडियो पनि छन् । जसको निर्देशकको रुपमा दीपक खांण रहनुभएको छ । मेरा आफ्नै दुई एल्बम छन् । समय १ र समय–२ । समय एक बजारमा आइसकेको छ भने समय २ आउने क्रममा छ ।
‘समय–२’ मा कति गीत समावेश छन् ?
यसमा ५ वटा गीत समावेश छन्, जसमा टिका भण्डारी र विशाल ढकालको संगीत रहेको छ । नौलो किरण म्यूजिक प्रालिले बजारमा ल्याउदैछ । यस एल्बममा नेपाल टेलिभिजनमा एक वर्षअघि भएको स्वर संग्राम भन्ने प्रतियोगीतात्रबाट छानिएका गायक गायिकाको स्वर छ । शिव परियार, धुव्र तामाङ, विकास लिम्बु, आंकक्षा वस्याल, उत्तम परियारजस्ता नयाँ र पुराना गायक–गायिकाले गाएका छन् ।
गीत लेखन कतिबेला गर्नुहुन्छ ?
सामान्यतया विषयवस्तुले छोएका बेला लेख्छु । तर, कहिलेकाही व्यवसायी हिसावले लेख्नुपर्दा भने निधारित समयभित्र लेख्ुपर्नेहुन्छ । विषयवस्तुले छोएका बेला लेखिएको गीतमा जस्तो निश्चित समयसिमा भित्र लेख्न भनेर लेखिएको गीतमा आत्मसन्तुष्टि हँुदैन
‘समय–२’ बाट कस्तो अपेक्षा राख्नुभएको छ ?
म आशावादी छु । मैले नयां प्रतिभावान भाइवहिनीहरुलाई प्रोत्साहित गर्नका लागि पनि उहांहरुलाई सवै समय दुईका गीतहरुलाई उहांहरुको स्वरमा सजाएको छु । मेरा सिर्जनाहरु सुनेर प्रेरणा दिनुहोला । नयां भाइवहिनीहरुको प्रतिभालाई प्रर्वद्वन गर्न पनि मैले समय दुई यति चाँडो निकालेको हुँ । मेरा चलचित्रका गीत पनि सुनेर प्रतिक्रिया दिनुहोला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु