विष्णु माझीले भनिन्ः माया दुई दिनको खेल होइन

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०७३, शनिबार

विष्णु माझी नेपाली लोकदोहोरीको क्षेत्रमा पछिल्लो पुस्ताको चर्चित गायिका हुन् । उनको स्वरमा गीत रेकर्ड गराउन चाहने धेरै छन् तर उनलाई यतिबेला जोकोसैले फेला पार्न नै सक्दैन । उनी बाहिर देखिन चाहँदिनन् । कुनैबेला उनको मात्र स्वरले लोकदोहोरी क्षेत्र कब्जा गरेको थियो । त्यसो त उनको मायाप्रेमको चर्चा पनि कहिँ न कहिँ जोडिएर बजारमा आउने गथ्र्यो तर आज उनैसँग घरजम गरेकी छन् । यही बेला विष्णु माझीले गीतसंगीतभित्रको कुरासँगै भनेकी छन् ः हाम्रो माया दुई दिनको खेल होइन । अब यो कुरा विष्णु माझीको जीवनको यथार्थता नहुन पनि सक्छ ।

sunil-pragya
विष्णु माझीको पछिल्लो रेकर्डेड गीत यतिबेला बजारमा आएको छ ‘अन्त माया बाँचुन्जेल लाउँदिन’ । मायाप्रेमको गहिराइमा डुबेर लेखिएको गीत हो ‘अन्त माया बाँचुन्जेल लाउँदिन’ । राजकुमार बगरको शब्द र संगीतमा तयार भएको यो गीतमा विष्णु माझी र प्रसाद खप्तरी मगरको स्वर रहेको छ । यो गीतमा विष्णु माझीको स्वर योभन्दा अगाडिको तुलनामा कता कता कमजोर देखिएको भए पनि गीत समग्रमा राम्रो बनेको छ । यो गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ । सुनिल लामिछाने र प्रज्ञा ढकालको अभिनय रहेको म्यूजिक भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् भने सुजन शाहीको सम्पादन रहेको छ । यो गीतलाई गोर्खा चौतारी म्यूजिकले बजार प्रबद्र्धन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु