वीरेन्द्रको विचार

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७१, बिहीबार

काठमाडौं, ३० असोज । नेपाली तारा कतार २०१३ का विजेता वीरेन्द्र श्रष्ठको विचार द थट सार्वजनिक गरिएको छ । कतारमा रहेर गायन क्षेत्रमा सक्रिय युवा गायक वीरेन्द्र श्रेष्ठले ‘विचार द थट’ नामक डेब्यु एल्बमलाई वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान, संगीतकार राजु सिंहलगायतको हातबाट सार्वजनिक गरेका हुन् ।
गायक श्रेष्ठको एल्बममा ‘विचारमा विचार’, ‘आफु रोएर’,‘विष पिएर ढल्दा’, ‘रातैभरी’, ‘नो चान्स’ र ‘आकाश खस्यो’ बोलको गीत रहेका छन् । ‘नो चान्स’ र ‘आकाश खस्यो’मा क्रमशः गायिका मिलन अमात्य र रजिना रिमालले पनि स्वर दिएका छन् भने अन्य गीतमा गायक वीरेन्द्रको स्वर रहेको छ । गौरव दर्पण, अर्जुन पोखरेल र बसन्त सापकोटाको संगीत रहेको एल्बममा भावना पाठक, आनन्द श्रेष्ठ, चर्चित, गौरव दर्पणको शब्द रहेको छ ।
रेस्क्यू क्रियशनले बजार ब्यवस्थापन गरेको एल्बममा रहेको ‘आफू रोए पनि‘’बोलको गीतको म्यूजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका छन् । जसमा नवनायिका शिल्पा पोखरेल र मोडल पल शाहले अभिनय गरेका छन् । भिडियोको सम्पादन निशान घिमिरे र छायांकन शिवराम श्रेष्ठले गरेका हुन् ।

bichar1 bichar

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु