शंकर लामिछानेको निबन्धकारिताबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न !

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०७४, बिहीबार

काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले आज राजधानीमा निबन्ध शिरोमणि शंकर लामिछानेको निबन्धकारिताबारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा. लक्षमणप्रसाद गौतमले “निबन्धसृजनाका परिवृत्तमा शंकर लामिछाने” बिषयमा प्रवचन पत्र प्रस्तुत गर्नु भयो भयो ।

लामिछानेको ४२ औं पुण्यतिथिका अवसरमा आयोजित अन्तरविमर्श कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य नियात्राकार युवराज नयाँघरेले निबन्धकार शंकर लामिछानेको निबन्धलाई अन्तर्राष्ट्रियस्तरमै लैजानुपर्नेमा जोड दिए । प्राज्ञ तथा कथाकार मात्रिका पोखरेलले शंकर लामिछानेले पछिल्लो पुस्तालाई पनि आफ्नो कलम र सिर्जनाको माध्यमबाट प्रभाव पारिरहेको बताए । शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको गतिविधिमा प्रकाश पार्दै लामिछानेको बारेमा अझै धेरै अनुसन्धान गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा डा. खेम कोइराला बन्धु, वरिष्ठ इतिहासविद डा. सुरेन्द्र के. सी. समालोचक प्रा.डा. उषा ठाकुर, कवि शैलेन्द्र साकार, डा. शान्ति गिरी, प्रतिष्ठानका सदस्य पुषा खनाललगायतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा कथाकार माया ठकुरी, रामप्रसाद पन्त, भागिरथी श्रेष्ठ, हरिबहादुर थापा, मन्जु निरौला, मीठु थापा, सरक्षक सविता ढुंगाना, पदमावती सिंह, दामोदर पुडासैनी, पवन आलोकलगायत को उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु