शर्मिलालाई मनमा छ पिरलो

म्यूजिक खबर
प्रकाशित: १० भाद्र २०७३, शुक्रबार

काठमाडौं । गायिका शर्मिला गुरुङलाई तिज नजिकिँदै गर्दा मनमा पिरलो बढ्न थालेको छ । जुवाडे लोग्नेको कब्जामा परेपछि माइत जान नपाएकी उनको मनमा पिर बढ्न थालेको हो । माइती र चेलीको वर्षदिनमा भए पनि भेट हुने चाडका रुपमा लिइन्छ तिज । तिजमा घरव्यवहारमा परेका पीडा, दुःख र वेदनालाई पोख्ने माध्यमका रुपमा लिइन्छ । त्यही वेदना पोख्ने क्रममा गायिका शर्मिला गुरुङले पनि माइती सम्झेर घरका दुःखलाई गीतमार्फत् पोखेकी छन् ।

हे मेरा माइत जाउँ भने पनि बाटो छ भिरालो
के माइत जानु के मिठो खानु मनमा छ पिरलो
फलानोको छोरी बुहारी भनेर भन्छन् की
घरको कुरा गरौं त भने इज्जतै जान्छ की

sharmila gurung_2
यस्तै यस्तै पीडालाई गायिका शर्मिला गुरुङले आफ्नै शब्द र लयमा तिज भाका स्वरबद्ध गरेकी छिन् । तिजका मर्महरुलाई पस्केकी गायिका गुरुङले यूट्युबका तिज गीतहरुमध्ये पृथक देखिएकी छन् । तिजमा चेलीहरु जम्मा भएर पीडा पोख्ने गाउँको यादलाई उनको म्यूजिक भिडियोले र गायकीले बिर्साउन पहल गर्नेछ । प्रकाश भट्टको निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई हरिनारायण चौधरीले छायाँकन गरेका छन् । भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् भने साइभिजनले दृश्य निर्माण गरेको हो । भिडियोमा गायिका स्वयम् र खेम गुरुङको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु