शिल्पाले अन्तै मुटु साटेपछि गजलकार शशिको गुनासो (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ कार्तिक २०७३, शनिबार

shilpa-shashi

काठमाण्डौ । नायिका शिल्पा पोखरेलको नाम निर्माता छविराज ओझासँग गाँसिएर आउने गरेको छ । यी दुई बिच बिबाह नै हुने लख काटिएका समाचार पनि नआएका होइनन् । यहि माहोलमा यतिबेला चर्चित गजलकार शशि शर्मा मजगैंयाले भने शिल्पालाई अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भनेर गुनासो गरेका छन् । शिल्पाको सम्बन्ध अरुसँग भएकाले उनले यस्तो गुनासो गरेका भने होइनन् । गजलकार शशिको प्रेम वियोगान्त भावमा समेटिएको ‘तिमिले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु’ बोलको गजल सार्वजनिक भएको छ ।

अहिलेका व्यस्त सङ्गीतकार हरि लम्सालको उत्कृष्ट सङ्गीत र सङ्गीत सम्योजन रहेको गजलमा प्रतिभाशाली गायक बलबहादुर राजबंशिले स्वर दिएका छन् । गजलको हालै सार्वजनिक भिडियोमा रजतपटकि अहिलेकी चर्चित नायिका पोख्रेलसङ्ग मोडेल जीवन भट्टराईले जिवन्त अभिनय गरेका छन । उत्सव दाहालले खिचेको भिडियोलाई चर्चित निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन । गजललाई Twelve Notes ले बजार व्यवस्थापन गरेको छ ।

प्रेमको संयोग र वियोगमा कलम चलाउन खप्पिस गजलकार मजगैंयाद्वारा रचित ‘तिम्रै यादमा भित्र भित्रै जलिजली बाँचेकी छु’ बोलको गजल केही वर्ष अगाडि निक्कै नै चर्चित बनेको थियो ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु