शैलेन्द्रको वान डे

म्यूजिक खबर
प्रकाशित: २९ आश्विन २०७१, बुधबार

काठमाडौं, २९ असोज । पुराना संगीतकर्मी शैलेन्द्र प्रधान ‘बाबु’ को नयाँ एल्बम ‘वन डे’ बजारमा आएको छ । लामो समयदेखि संगीतकर्ममा रहेका शैलेन्द्र पुरानो सांगीतिक समुह ‘सिजन्स ब्याण्ड’ मा किबोर्डिष्टको रुपमा आवद्ध थिए ।

यतिबेला उनले पहिलो पटक सोलो एल्बम सार्वजनिक गरेका हुन् । स्टेरियो रेकर्ड्सले मंगलबारदेखि बजारमा सार्वजनिक गरेको यो एल्बममा पप शैलीका ६ वटा गीत सुन्न सकिन्छ । कुशल संगीत संयोजक (म्युजिक एरेञ्जर) को रुपमा समेत चिनिने शैलैन्द्रले आफ्नो डेब्यू एल्बममा गायक सुमग पोखरेल, गायक भरत सिटौला, मोहित मुनाल, सुजन केसी तथा आफ्नै संगीतका गीत गाएका छन् । एल्बमका गीतहरु डा.बद्री पोखरेल, मोहित मुनाल, जिएम प्रधान, भार्गव सुबेदी तथा गायक प्रधानले रचना गरेका हुन् ।

one day

यसैबीच एल्बमको एउटा गीत ‘कस्तो बेला…’ को म्युजिक भिडियो पनि यसै साता पि्रमियर गरिएको छ । जीवन थापाद्वारा निर्देशित यो म्युजिक भिडियोमा डा.बद्री पोखरेलको शब्द तथा भरत सिटौलाको संगीत निर्देशन छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु