श्रेष्ठलाई यज्ञबहादुर स्मृति पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७३, मंगलवार

santosh shrestha

फागुन १७, दाङ । लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठलाई राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार प्रदान गरिएको छ । साहित्य, सङ्गीत र कलाको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार प्रदान गरिएको हो ।
फागुन १६ गते सम्पन्न भएको राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको तेस्रो अधिवेशनको अबसर पारेर श्रेष्ठलाई पुरस्कृत गरिएको ।
परिषदको जिल्ला शाखामा मनोज बुढाथोकीद्वारा स्थापना गरिएको यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य, कला संगीत पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको हो । पुरस्कार छनौट समितिमा शाखा अध्यक्ष कमलमणि देवकोटाको संयोजकत्वमा केशव थापा, छविलाल कोपिला, दीपक शर्मा र शारदा शर्मा सदस्य रहेका थिए । पुरस्कृत श्रेष्ठलाई म्यूजिक खबर परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु