श्रेष्ठ र देशारलाई नारायण गोपाल युवा सङ्गीत पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १४ पुष २०७३, बिहीबार

पौष १४, काठमाण्डौ । राष्ट्रिय युवा सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको नारायण गोपाल युवा सङ्गीत पुरस्कार सङ्गीतकार सन्तोष श्रेष्ठ र गायिका निशा देशारलाई प्रदान गरिने भएको छ । यसवर्षको युवा संगीत पुरस्कारबाट लोकप्रिय युवा सङ्गीतकार सन्तोष श्रेष्ठ र लोकप्रिय गायिका निशा देशारलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय कोषले जनाएको छ ।

nisha-deshar-santosh-shrestha

साथै यसै कोषबाट अरनिको युवा कला पुरस्कार चित्रकारद्वय ज्योतिप्रकाश बी.क. र पृथ्वी श्रेष्ठलाई संयुक्तरूपमा प्रदान गर्ने निर्णय गरिएको छ । हरेक वर्ष ४० वर्ष ननाघेका युवा सङ्गीतकर्मी तथा कलाकर्मीलाई नगद ५० हजार, स्वर्ण पदक र सम्मान पत्र सहित सम्मान गर्ने गरिएको छ । सम्मानित कलाकारहरुलाई म्यूजिक खबर परिवार हार्दिक बधाई एवं उत्तरोत्तर प्रगतिको कामना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु