संगीतकर्मी पौडेलको मृगौलामा समस्या

म्यूजिक खबर
प्रकाशित: ७ बैशाख २०७३, मंगलवार

संगीतकर्मी शिव पौडेलको मृगौलामा समस्या देखिएपछि प्रत्यारोपण गर्नुपर्ने भएको छ । गीतकार एवं उत्पादक शिव पौडेल यतिबेला ओम अस्पतालमा उपचारार्थ छन् । गत चैत २५ गते मोटरसाइकल चढ्न लाग्दा अचानक बेहोस भएपछि उनलाई उपचारका लागि बसुन्धरास्थित चिरायु हस्पिटलमा लगिएको थियो । चिरायुमा मृगौलामा समस्या भएको परीक्षणले देखाएपछि उनलाई २८ गते ओम अस्पतालमा रिफर गरी भर्ना गरिएको थियो । सोमबारसम्म चारपटक डायलोसिस गरिसकिएको पौडेलको उपचारमा डा.पिके क्षेत्री, डा.प्रकाश पौडेल र डा. श्वेता श्रेष्ठको टोली संलग्न रहेको छ ।

shiva poudel
पशुपति म्युजिकका संचालकसमेत रहेका पौडेल राम्रा गीतकार हुन् । उत्पादक समाजका संस्थापक सचिव, नेपाल संगीत उद्घोषण संघको कार्यसमिति सदस्य जस्ता पदमा रहेर पौडेलले गीतसंगीतको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरिसकेका छन् । नवलपरासीको कावासोती निवासी पौडेल लामोसमयदेखि गीतसंगीतको क्षेत्रमा क्रियाशील छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु