संगीतकर्मी संघको प्रथम उपाध्यक्षमा कार्की

म्यूजिक खबर
प्रकाशित: २६ जेष्ठ २०७३, बुधबार

गायक तथा सर्जक राजेन्द्र कुमार कार्की राष्ट्रिय संगीतकर्मी संघको राष्ट्रिय भेलाबाट प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । यसअघि संघको महासचिव पदा सम्हालिसकेका कार्की संघको संस्थापक एवं अभियन्तासमेत हुन् । संघको स्थापनादेखि संघभित्र रहेर अनुभव बटुलिसकेका कार्की संघको जुझारु सदस्य भएकै कारण प्रथम उपाध्यक्षमा निर्वाचित गरिएको हो । संघमा रहँदाको उनको कार्यकुशलतालाई हेरेर संघभित्र ल्याउन परेको निकट स्रोतले बतायो । संघको जेठ २२ गते भएको भेलाबाट कार्कीलाई मनोनित गरेसँगै अन्य छुटेका कलाकर्मीहरुलाई पनि संस्थाभित्र नै ल्याउन खोजिएको बताइएको छ । असार १२ गते वार्षिक साधरणसभाको आयोजना गरिएको छ । उक्त अवसरमा छुटेका संगीतकर्मीहरुलाई पनि संघभित्र अटाउनका लागि पहल गरिने कार्कीले बताए ।

rajendra kumar
संघमा मनोनित भइसकेपछि उपाध्यक्ष कार्कीले म्यूजिक खबरसँग भने अब मैले सक्दो संघलाई नयाँ मोडमा लैजाने अभियानमा छु । नयाँ तरिकाबाट संघलाई उचाइमा ल्याउनुपर्छ र कलाकारको हकअधिकारका लागि लड्न पछि हट्नु हुँदैन भन्ने मैले सोचेको छु, कार्कीले भने । राष्ट्रिय कार्की महासंघका महासचिवसमेत रहेका कार्कीलाई म्यूजिक खबर डटकम हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।

sangeetkarmi sang

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु