संगीतकार श्रेष्ठ र निर्देशक पाण्डे सम्मानित

म्यूजिक खबर
प्रकाशित: ४ चैत्र २०७२, बिहीबार

काठमाडौं । आधुनिक संगीतको क्षेत्रमा पछिल्लो चर्चाको शिखरमा रहेका संगीतकार सन्तोष श्रेष्ठ र बृत्तचित्र भाग्यले बाँचेकाहरुका निर्देशक गणेशदेव पाण्डेलाई मिडिया इन्टरनेशनलले सम्मान गरेको छ । मिडिया इन्टरनेशनलको चौथो वार्षिकोत्सवको अवसर पारेर संगीतकार श्रेष्ठ र निर्देशक पाण्डेलाई सम्मान गरिएको हो । आर्थिक, सामाजिक एवं कलासाहित्यका क्षेत्रमा क्रियाशील रहेका विभिन्न व्यक्तित्वहरुलाई जमघट गराई अन्तरक्रिया एवं बहसका कार्यक्रमहरु संचालन गर्दै आइरहेको मिडिया इन्टरनेशनले मुलुकभित्रको आफ्नो चौथो वार्षिकोत्सवलाई विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रसहित सम्पन्न गरेको छ ।

santosh
कार्यक्रममा श्रेष्ठ र पाण्डेसहित प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा एक कार्यक्रमको आयोजना गरी आर्थिक, सामाजिक एवं पत्रकारिताका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा पूर्वअर्थमन्त्री तथा अर्थविद मधुकर शमशेर राणा र बरिष्ठ पत्रकार लाल देउसा राईलाई लाइफ टाइम एचिमेण्ट अवार्ड र सम्मान प्रदान गर्दै कार्यक्रमको उदटन गरेका थिए । कार्यक्रममा मन्जु उपसनाले गीत गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन् भने गायक कृष्ण कँडेलले गीतसंगीतमा मौलिकता हराउँदै गएको भन्दै गीतबाटै व्यंग्यात्मक शैलीमा आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा कलाकारहरुले विभिन्न गीतमा नृत्य गरेरका वार्षिकोत्सवलाई सम्पन्न बनाएका थिए ।

ganesh dev pandey

कार्यक्रममा मडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले अतिथिहरुलाई स्वागत गर्दै मुलुकको आर्थिक उन्नतिका लागि सम्पूर्ण क्षेत्रबाट एकजुट भएर लाग्नुपर्ने अवस्था भएको औंल्याएका थिए । निर्दोषले सरकारी तबरबाट उचित योजना आउन नसकेको र आए पनि कार्यान्वयन हुन नसक्दा नेपालका हिमाल पहाड र तराईका भागहरुमा आर्थिक उन्नति हुन नसकेको औंल्याएका थिए ।

santoshrestha

krishna kadel

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु