संगीतकार श्रेष्ठ र पत्रकार सानुकाजी सम्मानित

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७०, मंगलवार

काठमाडौं, १६ पुस । डेढ दशकदेखि संगीत क्षेत्रमा क्रियाशील रहँदै नेपाली गीतसंगीतमा योगदान पु¥याउँदै आएका सङ्गीतकार सन्तोष श्रेष्ठ र दुई दशकभन्दा बढी रङ्ग पत्रकारिताका माध्यमले कला, साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सानुकाजी श्रेष्ठ मिलाप सम्मानबाट सम्मानित भएका छन् । मासिक रुपमा प्रकाशित हुँदै आएका पत्रिका मिलाप मासिकको आवरण बनेर प्रकाशनमा आएका श्रेष्ठद्वयले पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । राजधानीमा स्वराज्य र मेलमिलाप पुस्तक विमोचनको मौका पारी श्रेष्ठद्वयका साथमा डा.सुरेन्द्र केसी, केशवप्रसाद चौलागाई र खेमनाथ दाहाललाई पनि सम्मान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु