संगीतकार संघमा अबको अध्यक्ष को ?

म्यूजिक खबर
प्रकाशित: २ असार २०७३, बिहीबार

संगीतकार संघको छैठौं साधारणसभा एवं चुनावी अधिवेशन आगामी शनिबार काठमाडौंको हार्दिक होटलमा हुन गइरहेको छ । लक्ष्मण शेषको नेतृत्वमा रहेको संगीतकार संघ नेपालको अबको अध्यक्ष को हुने हो भन्नेमा चर्चा बढ्न थालेको छ । अध्यक्ष लक्ष्मण शेष भने सर्वसम्मतिबाटै सबैको बहुमत लिएर नयाँ कार्यसमिति बनाउने बताइरहेका छन् । कार्यसमितका अन्य सदस्यहरुमा पनि अबको अध्यक्ष लक्ष्मण शेष नै हुनुपर्छ या अन्य कोही आए पनि सर्वसम्मतिबाटै अगाडि बढ्नुपर्छ भन्ने भइरहेको छ । अबको अध्यक्षमा महासचिव महेश खड्का पनि अध्यक्ष हुने सम्भावना देखिन्छ । हुन त को अध्यक्ष बन्ने भन्ने कुरा बाहिर आएको भने छैन । आगामी शनिबार हार्दिक होटलमा विहान ११ बजे हुन गइरहेको साधरणसभा एवं चुनावी अधिवेशनबाट नयाँ कार्यसमित आउने भने पक्का छ ।

mahes and laxman

 

संगीतकर्मीको हक अधिकारको पक्षमा आवाज उठाउँदै बौद्धिक सम्पतीमाथिको अधिकारका बारेमा बहस गर्दै आएको संगीतकार संघले अब आउने नेतृत्व जो भए पनि सोही अनुसार अगाडि बढ्ने महासचिव महेश खड्काले म्यूजिक खबरलाई बताए । हामी सहमतीय प्रणालीबाट अगाडि बढ्छौं, नेतृत्वमा जो भए पनि हामी सबै एक हौं भन्ने मानसिकतामा छौं खड्काले भने – जो आए पनि संस्थाको हकअधिकारका लागि काम गर्ने मान्छे आउनुपर्छ । हामी त लक्ष्मणजी नै हुनुपर्छ भन्नेमा छौं तर सर्वसम्मतिले जे निर्णय गर्छ त्यही स्वीकार्य हुन्छ खड्काले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु