“संगै जिउने मर्ने कसम”खाँदै प्रमोद खरेल

म्यूजिक खबर
प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार

काडमाण्डौ । नेपालि संगीत क्षेत्रका प्रखर, प्रतिभाशाली तथा चर्चित गायक प्रमोद खरेलले ‘सँगै जिउने मर्ने कसम’ खाएको सार्वजनिक भएको छ । सांगीतिक बजारमा चम्किरहेका बेला प्रमोदले एकाएक कसैको माया प्रेममा परेर भने कसम खाएका होइनन् । ‘सँगै जिउने मर्ने कसम बोलको गीतमा प्रमोदले आवज दिएका हुन् । यतिबेला उक्त गीतको म्युजिक भिडियोको सुटिङ्ग सम्पन्न भएको छ।

देश भन्दा बाहिर प्रबासमा रहेर पनि संगीतलाई माया गर्दै पछि सम्म यहि क्षेत्रमा लागेर राम्रो गीतकारको सुचीमा नाम लेखाउने सपना बोकेका गीतकार रोहित घिमिरेले यो गीतमा शब्द भरेका छन्। मायामा धोका पछिको पिडा भाब झल्किने यस गीतको शब्दहरु रोहितको आफ्नै जीवन घटना हो भने भिडियोमा उनि आफैले पनि जिवन्त अभिनय गरेका छन्।pramodपछिल्लो समय सबैको रोजाईमा पर्दै गएको पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा पूर्वकै टीम संग मिलेर भिडियो सुटिङ्ग गरिएको हो। “संगै जिउने मर्ने कसम” बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने सब्द रोहित घिमिरे र रमेश श्रेष्ठ को संगीतमा देबेन्द्र नेवाले एरेन्ज गरेका छन।

उक्त गीतको भिडियोलाई डि थ्री प्रोडक्सन नेपाल, इटहरीले निर्माण गरेको हो भने भिडियोमा कन्सेप्ट तथा निर्देशन सुवास संकल्पको रहेको छ । त्यस्तै रोहित घिमिरे, एलिशा बास्तोला, दिपक श्रेष्ठ र अनु राईको अभिनय, निक बिष्टको छायांकन रहेको छ भने सोम मग्रातिले मेकअप गरेका छन। केहि सातामै भिडियो बजारमा ल्याउने तयारि भईरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु