संघमा शान्तिप्रियको नेतृत्व । प्यासी र सुब्बालाई पुरस्कार वाग्लेलाई सम्मान

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७०, बिहीबार

काठमाडौं । चलचित्र पत्रकार संघको छैठौं अधिवेशनबाट शान्तिप्रियको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षको प्रत्यासी उम्मेदवारमा राजधानी दैनिकका डब्बु क्षेत्री र फिल्मीखबर साप्ताहिकका प्रधान सम्पादक शान्तिप्रियको प्रतिस्पर्धा भएकोमा शान्तिप्रियले क्षेत्रीलाई २० मतको अन्तरले पराजित गरी अध्यक्ष पदमा विजयी भएका हुन् । शान्तिप्रिय चलचित्र पत्रकार संघका संस्थापक महासचिव एवं चौथो अधिवेशनबाट अध्यक्ष भइ संघलाई नेतृत्व प्रदान गरिसकेका व्यक्ति हुन् ।
त्यस्तै संघको कार्यक्रम उपाध्यक्षमा नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी निर्विरोध विजयी भएका थिए भने संगठन उपाध्यक्षतर्फ गोपीकृष्ण टिभी फिल्मीका विष्णु सुवेदी र अन्नपूर्ण दैनिकका अशोक प्यासी राईको प्रतिस्पर्धा भएकोमा विष्णु सुवेदीले विजयी हासिल गरेका हुन् । महासचिवतर्फ भने राजन घिमिरे र सन्दिप सापकोटाको प्रतिस्पर्धामा सन्दिप सापकोटा महासचिव पदमा विजयी भएका हुन् । त्यस्तै सचिवमा दिनेश सिटौलाले विजयी हासिल गरे । उनको प्रतिस्पर्धामा डीबी खड्का र कुवेर गिरीले उम्मेदवारी दिएका थिए । कोषाध्यक्ष पदका लागि भने कुवेर डंगोलले प्रतिस्पर्धी शारदा थापालाई हराउँदै विजयी बने ।
सदस्यहरुमा गीता अधिकारी, विजय सुवेदी, नेमिष गौतम, किरण खनाल र सुमन गैरे निर्वाचित भएका छन् । त्यस्तै ९ जना पार्षदका लागि भने १५ जना सदस्यहरुको मतदान भएको थियो । छैठौं अधिवेशनमा अन्नपूर्ण दैनिकका अशोकप्यासी राई र जयन सुब्बालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने अन्नपूर्ण दैनिकका अनन्त वाग्लेलाई चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।

fja1

 

fja

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु