संचारकर्मी सुबेदीको म्यूजिक भिडियो सार्बजनिक

म्यूजिक खबर
प्रकाशित: १५ बैशाख २०७३, बुधबार

संचारकर्मी प्रणप सुबेदीको निर्देशन रहेको र मोडल कृष्ण भट्टराईको ७ औं म्युजिक भिडियो सार्बजनिक भएको छ । रोहण नेपालीको कोरियोग्राफीमा तयार भएको यस भिडियो लाई आर्जे प्रणप डट कम मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

160427283

‘थाहा हुन्छ तिमि कस्ती छौ’ बोलको सार्बजनिक गीतमा अभिनय क्षेत्रमा निकै राम्रो नाम कमाएका मोडल कृष्ण संगै बिमला के. सी. को पनि अभिनय रहेको छ । संचारकर्मी तथा कथाकार प्रकाश प्रतिक्षा कान्छाको आवाजमा रहेको यस गितलाई काठमाण्डांंै लगायत आसपासका स्थानहरुमा छायांकन गरिएको छ । निर्देशक प्रणप सुबेदीले लाईट इफेक्ट र नयाँ कन्सेपट प्रयोग गरेर राम्रो भिडियो बनाउने कोसिस गरेको बताएका छन् । बिकास ज्ञवालीको संपादन रहेको यस भिडियोलाई पवन गौतमले खिचेका हुन् ।

160427286

त्यस्तै हाल निकै व्यस्त बनेका मोडल कृष्ण भट्टराई अभिनित अर्को दुई म्युजिक भिडियो पनि सम्पादनको क्रममा रहेको छ । मोडल कृष्ण भट्टराईले गायिका दुर्गा परियारको स्वोरमा रहेको दुई गीतको हाल संपादन कार्य भैरहेको बताएका छन् । निशान घिमिरेले संपादन गरेको उक्त दुई भिडियो पनि छिट्टै नै सार्बजनिक हुने उनले बताए । गीतलाई संचारकर्मी प्रणप सुबेदीले नै निर्देशन गर्नु भएको छ ।

160427285

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु