सत्यता– २ मा गोविन्द

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७१, बुधबार

काठमाडौं, १४ साउन । गोविन्द प्रसाद उपाध्यायले बजारमा ल्याएको सत्यता एल्बमले सफलताको शिखर चुमेपछि अहिले सत्यताकै सिक्वेलका रुपमा दोस्रो प्रस्तुति सत्यता–२ लिएर आउने तयारीमा छन् । सत्यता एल्बमले लगातार उत्कृष्ट एल्बमको अवार्ड हात पारिरहेपछि त्यसको सफलतासँगै उपाध्यायले सत्यता–२ ल्याउन लागेका हुन् ।
यतिखेर उपाध्याय एक उत्कृष्ट गीतकारका रुपमा स्थापित भइसकेका छन् । आफ्नो बैंकिङ करिअरको लगभग १३ वर्षको अवधिमा नै मुलुकको राष्ट्रियस्तरको विकास बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न सफल भैसकेका बैंकर गोविन्द उपाध्याय हाल एपेक्स डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । वि.सं. २०३० सालमा स्याङजा जिल्लाको पुतलीबजारमा जन्मिएका उपाध्यायले आफ्नो विद्यालय शिक्षा भारतबाट लिएका हुन् भने, त्यसपछिको शिक्षा नेपालबाट नै लिएका हुन् । त्यसपछि युनिभसिर्टी अफ क्यालिफोनिर्याबाट पोष्ट ग्रेजुएसन सटिफिर्केट ईन म्यानेजमेन्टको डिग्री प्राप्त गरेर शुरुमा कान्तिपुर पब्लिकेसनमा बजार व्यवस्थापकको रुपमा जागिर समेत गरेको थिए । त्यसपछि बैंकिङ क्षेत्रमा लागेका उपाध्याय बैंकिङ पेशासँगै संगातिक क्षेत्रमा पनि सक्रिय भए । उनी पछिल्लो एक वर्षदेखि दुबै क्षेत्रलाइ समय दिइरहेका छन् । प्रतिवद्धता, समर्पण र त्यागलाई सफलताका सुत्र मान्ने उपाध्याय जति बैंकिङ क्षेत्रमा सफल छन् त्यति नै सांगीतिक क्षेत्रमा पनि सफल भइरहेका छन् ।
वि सं.२०४६ साल देखि नै गित लेखन शुरु गरेका उपाध्यायको एक वर्ष अगाडि एकल एल्बम सत्यता बजारमा आएपछि सक्रियता निकै बढेको छ । यस एक वर्षको अवधिमा उनका विभिन्न एल्बम तथा चलचित्रमा गरि ४० भन्दा बढि गीतहरु रेकर्ड भैसकेका छन् । बैंकिङ क्षेत्रबाट बचेको समय संगीतमा लगाइहाल्ने उपाध्याय सत्यता २ एल्बम छिट्टैनै बजारमा आउन लागेको बताउँछन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु