सत्यराजले अनितालाई उपहार स्वरुप ‘मधुशाला’ दिने

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७३, सोमबार

नेपाली सुगम संगीतका चर्चित गायक सत्यराज आचार्यले आफ्नो चौथो बैबाहिक वर्षगाँठको अवसर पारेर आफ्नी श्रीमती अनिता थापालाई बैबाहिक वर्षगाँठको उपहारको स्वरुप गीति गजल संग्रह ‘मधुशाला’ सार्वजनिक गर्ने भएका छन् । आचार्यले आफ्नै स्वर, संगीत र रचनामा उक्त गीति गजल संग्रह तयार पारेका छन् । आचार्यको उक्त गीति गजल संग्रहित एल्बम, सम्भवतः नेपाली गीत गजल संगीतको ईतिहासमै एउटै स्रष्टाको स्वर, संगीत र रचनाको पहिलो एल्बम हो ।

satya with son and anita

विन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन र वितरण गर्ने यो गीति गजल एल्बममा ८ वटा गीत गजल छन् । यसका सबै गजलमा संगीत संयोजन एकल रुपमा किरण कँडेलले गरेका छन् । बिन्ध्यवासिनी म्यूजिक प्रालिले चाँडै बजारमा ल्याउने तयारी गरेको एल्बममा संग्रहित एउटा गजल ‘गोरीभन्दा मलाई त काली मनप¥यो, अलि सोझी अलिअलि जाली मन प¥यो’ भने। ‘यो गीत गजल मैले अनितालाई नै डेडिकेटेड गरेर तयार पारेको हुँ, त्यसैले म्यारिज एनिभर्सरी पारेर एल्बम सार्वजनिक गर्नुअघि नै उनलाई एनीभर्सरी गिफ्टका रुपमा यो गजल सार्वजनिक गर्न लागेको हुँ’ गायक आचार्यले भने । सत्यराजका अनुसार यो गीत गजल बैशाख १३ गते सोमबारका दिन सम्पूर्ण एफएम रेडियो, टेलिभिजन, युट्यूब, फेसबुकलगायत सामाजिक सञ्जालमार्पmत सार्वजनिक हुनेछ । यो गीत गजलको म्युजिक भिडीयो पनि बनिसकेको छ । भिडियोमा सत्यका साथमा पहिलोपटक उनको अर्धा्गिंनी अनिताले अभिनय गरेककी छन् । भुषण दाहालको निर्देशन रहेको म्युजिक भिडीयोमा अनिता गर्भवती देखिएकी छन् । तर, यो केवल अभिनयमात्र भने होइन । म्युजिक भिडियोको छायांकन गर्ने समयमा उनी वास्तवमै ७ महिनाको गर्भवती थिइन् । त्यतिखेर अनिताको गर्भमा रहेका छोरा संगीतराज आचार्य अहिले डेढ बर्षको भइसकेका छन् । भिडियो धिरजजंग शाहले खिचेका छन् भने सम्पादन भरत रेग्मीले गरेका छन् ।

gori bhanda kali

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु