सत्य स्वरुप छिन्नलता पुरस्कार, पशुपति र सीतालाई छिन्नलता नवप्रतिभा पुरस्कार

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७३, शनिबार

गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई छिन्नलता गुठीले प्रदान गर्दै आइरहेको यस वर्षको छिन्नलता पुरस्कार प्रदान गरिएको छ । गीतसंगीतको क्षेत्रमा निरन्तर क्रियाशील रही गायनका माध्यमले योगदान पु¥याएका आचार्य दाजुभाई सत्य र स्वरुपलाई यस वर्ष छिन्नलता पुरस्कार प्रदान गरिएको हो । छिन्नलता पुरस्कार गुठीले आचार्य दाजुभाइका साथमा संगीतकार नारायण ओलीलाई पनि छिन्नलता पुरस्कार प्रदान गरेको हो ।

satya raj

छिन्नलता गीति पुरस्कारबाट  ११ जना संगीतकर्मी पुरस्कृत भएका  हुन । छिन्नलता गीति पुरस्कार गुठीले ११ स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार–२०७१ र ७२’ बाट शुक्रबार राजधानीको ताहाचलस्थित गुठीको कार्यालयमा पुरस्कृत गरेको हो । कार्यक्रममा २०७२ सालको गीत रचनातर्फको पुरस्कार प्रमोद ढुंगानालाई, संगीततर्फको पुरस्कार नारायण ओलीलाई, उनीहरूलाई पुरस्कारस्वरूप जनही ५० हजार रुपैयाँ र तामपत्र प्रदान गरियो ।

२०७१ को नवप्रतिभा तर्फको छिन्नलता गीति पुरस्कार ‘मलाई अमेरिका यही…’ बोलको गीतका गायक पशुपति शर्मा र गायिका सीता केसीलाई संयुक्त रूपमा प्रदान गरियो । पुरस्कारस्वरूप यी दुईले जनही ३० हजार रुपैयाँ र ताम्रापत्र पाए ।

सो क्रममा नव प्रतिभा तर्फको पुरस्कार चलचित्र रेशम फिलिलीको गीत ‘पिरतीको छाता ओडाउँला…’का गायक कालीप्रसाद बाँस्कोटा र गायिका सोमिया बराइलीलाई संयुक्त रूपमा प्रदान गरियो । गायक बाँस्कोटा र गायिका बराइलीले  ३० हजार रुपैयाँ पनि पाए ।

kiran kharel

यस्तै ‘छिन्नलता गीति पुरस्कार–२०७१’ अन्तर्गत गीत रचनातर्फको पुरस्कार गीतकार एवं प्राज्ञ श्रवण मुकारुङलाई, संगीततर्फको पुरस्कार आलोक श्रीलाई र गायनतर्फको छिन्नलता गीति पुरस्कार किरण प्रधानलाई प्रदान गरियो । उनीहरूले पुरस्कारस्वरूप जनही ५० हजार रुपैयाँ र ताम्रपत्र पाए ।

pashupati

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, आनन्दप्रसाद पोखरेल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीले स्रस्टाहरूलाई सो पुरस्कार प्रदान गरेका थिए ।
गुठीका अध्यक्ष त्रिपाठीले गत वर्षको विनाशकारी भूकम्पका कारण ०७१ सालको सो पुरस्कार गत वर्ष प्रदान गर्न नसकिएको र यस वर्ष ०७१ र ०७२ सालको पुरस्कार संयुक्त रूपमा प्रदान गरिएको हो, भने । गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को स्मृतिमा २०३९ मा स्थापना गरिएको यो पुरस्कार हरेक वर्ष प्रदान गरिँदै आएको हो । उनका अनुसार शुक्रबार ३३ र ३४औं संस्करणको पुरस्कार प्रदान गरिएको हो ।

 

कार्यक्रममा मन्त्री पोखरेलले नेपाली संगीत क्षेत्रमा निरन्तर योगदान दिएका स्रष्टालाई यसरी पुरस्कृति गर्नु सराहनीय कार्य भएको बताए । उनले सरकारले प्रज्ञा प्रतिष्ठानमार्फत नेपाली कला साहित्य, गीत संगीतको विकास र प्रवद्र्धनमा योगदान दिने गरेको पनि जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु