सन्तोषको नसालु हेराई

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७३, शुक्रबार

नेपाली गीत संगीतको फाटमा आउने र आफ्नो भविष्य यसैमा देख्ने युवाहरुको भीडमा एक नाम हो सन्तोष अछामी । विभिन्न ठाउँमा ¥याप हान्दै गाउँदै र स्टेज तताउँदै दर्शक÷स्रोताको मन जित्न सफल सन्तोष अहिले एकल एल्बमको तयारीमा छन् । ‘नसालु हेराई’ नामक एल्बम दर्शक÷स्रोतामाझ ल्याउन तयारीमा रहेका सन्तोष एल्बममा रहेको गीतको म्युजिक भिडियोको पनि तयारीमा छन् यतिवेला ।

Santosh (3)
एल्बममा पहिलो नजर, सम्झिदा त्यो दिन, हेरु हेरु लाग्छ, तिमीबाट टाढाहुँदा जस्ता गीत समावेश गरेका छन् उनले । हेरु हेरु लाग्छ गीतको भिडियोको तयारीमा रहेको बताउँने उनी आफूले हतार नगरिकन निक्कै मिहिनेत गरेर दर्शक÷स्रोतामाझ आउन लागेको दाबी गर्छन । उनको एल्बममा रहेको गीत र गीतको भिडियोले स्रोता÷दर्शकको कतिको साथ पाउने हो त्यो त उनको एल्बम र म्युजिक भिडियो बजारमा आई सकेपछि थाह नै हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु